पु.समाचार

अध्यक्षमा कुरा नमिलेर बाबुराम र उपेन्द्र नमिल्ने

काठमाडौं । एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ ।

स्रोतका अनुसार, वैशाखको पहिलो साताभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो । एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक अन्य विषयमा करिब–करिब सहमति जुटिसकेको थियो । तर, अध्यक्षको विषयमा सहमति जुट्न सकेन ।

स्रोतका अनुसार, एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताहरुले एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव हुनुपर्ने र बाबुराम भट्टराई दोस्रो तहको नेताका रुपमा स्वीकार गर्न सकिने अडान राखेका थिए । तर, नयाँ शक्तिका नेताहरुले नागरिक दैनिकका अनुसार, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो स्थानमा हुनुपर्ने र दोस्रो स्थानमा यादव हुनुपर्ने अडान राखेका थिए । यस्तो अडानपछि हुनै लागेको एकता तत्काललाई टरेको छ ।