राजनीति

दुई चरणमा निर्बाचन हुने, मोर्चासंगको राजनीतिक लफडाको अन्त्य

काठमाण्डौ । मधेसी मोर्चा र सरकारबीच शनिबार भएको वार्तापछि बैसाख ३१ गते तोकिएको स्थानीय तह निर्बाचन दुईचरणमा हुने भएको छ । पहिलो चरणको निर्बाचन प्रदेश नं.मबर ३, ४ र ६ मा तोकिएबमोजिम बैसाख ३१ गते हुनेछ भने १, २, ५ र ७ मा जेठ ३१ गते दास्रो चरणमा हुने बताईएको छ । उक्त कुरा मोर्चा र सरकारबीच शनिबार राती भएको ३ बुंदे सहमतिपछि टुंगो लागेको हो ।

 निर्बाचनमा मोर्चा भाग लिने मोर्चासंगको वार्ताले स्थानीय तहको निर्बाचन भयरहित रुपमा हुने वातावरण देखिएको छ । आईतबार मोर्चासंग हस्ताक्षर भएमा राजनीतिक डेडलक पुरा भई निर्बाचन हुने निश्चित भएको छ ।

-मोर्चाका नेताहरु शरदसिंह भण्डारी र लक्ष्मणलाल कर्ण सहमतिपछि मोवाईलमा कुरा गर्दै

मौखिक सहमती भएपनि मोर्चा र सरकारबीच लिखित सहमती भने भएको छैन । आईतबार बसेको क्याबिनेट बैठकबाट मधेस आन्दोलनमा भएका सहमती कार्यान्वयन हुने तथा अन्य संसोधनसहितको संबिधान संसोधनमा भएको प्रस्तावमा मधेसी मोर्चासंग भएको  सम्झौता अनुसार सत्तारुढ दल र मोर्चाको सहमतीमा अगाडी बढ्छ, त्यसपछि मोर्चा सरकारमा जान्छ, संघीय समाजबादीका सहसंयोजक राजेन्द्र श्रेष्ठले बताए ।

काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सहमती गरेर अगाडी बढ्न बताएका छन्। निर्बाचन आयोगसंग सल्लाहा गरेर दोस्रो चरणको निर्बाचनको मिति तोकिने उनले खुलस्त गरेका छन् ।

प्रदेशहरुको सीमा, संख्याका साथै स्वायक्त, संरक्षित र विशेष संरचनाबारे निश्चित समयभित्र प्रतिवेदन दिने र सरकारले त्यस अनुसार गर्ने सहमति भएको छ ।

आज आईतबारको बैठकबाट सरकारले परिर्माजसहित संशोधन विधेयक पास गर्ने र दुई चरणमा निर्वाचन गर्ने पिनर्णय गरेपछि आन्दोलन स्थगनको निर्णय लिन्छौं ।’ तमलोपा नेता लक्ष्मणलाल कर्णले भने ।आज आईतबार मोर्चाले औपचारिक रुपमा आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने र निर्बाचनमा सकृय रुपमा भमाग लिने कार्यक्रम छ ।