पु.समाचार

मुक्तीनाथ दर्शन गर्न गएका ५ मृतक तीर्थयात्रुको सनाखत भयो (अपडेट)

मुस्तागं  । मुक्तीनाथ मन्दिरबाट जोमसोम आउदै गरेको ना.५ ख ६०६७ नम्मरको तीर्थयात्री बोकेको बस पल्टिदा घटनास्थलमा थिचिएर ५ जनाको मृत्युभएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौं ३५ कोटेश्वरका भोला अधिकारी, कामनपा–३२ का ४५ वर्षीय पुरुषोत्तम ढकाल, कागेश्वरी नगरपालिका ३ थानकोटकी ७० वर्षीया शान्ति खड्का, भक्तपुर चाँगुनारायण ८ की सीता तिमिल्सेना र महालक्ष्मी नगरपालिका–२ ललितपुरकी ५५ वर्षीया लिला खड्का रहेका छन् ।

मृतकको संख्या अझ बढ्ने प्रहरीको अनुमान छ, बसमा यति यात्रु थिए भन्ने याकिन नभएका कारण घाईतेको संख्या प्रहरीले बताउन सकेन । घाईतेहरुलाई नेपाली सेनाको हेलिकप्टेरमा काठमाण्डौ ल्याईदैछ । बस पल्टिएको ठाँउको छेउमा नै ठूलो भीर भएपनि उक्त भीरमा भने बस खसेन, त्याहाँ खसेको भए, कोहीपनि बाँच्ने थिएन । जिल्ला प्रहरी कार्यालयले भन्यो ।
केहि घाईतेलाई जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएको छ ।