समाचार

मुक्तीनाथ दर्शन गर्न गएका ५ तीर्थयात्रीको बस पल्टिएर मृत्यु, झण्डै ३ दर्जन घाईते

काठमाण्डौ । मुक्तीनाथ मन्दिरबाट जोमसोम आउदै गरेको ना.५ ख ६०६७ नम्मरको तीर्थयात्री बोकेको बस पल्टिदा घटनास्थलमा थिचिएर ५ जनाको मृत्युभएको छ । तीन दर्जन घाईते भएको प्रहरी अनुमान छ ।
मृतकको संख्या अझ बढ्ने प्रहरीको अनुमान छ, बसमा यति यात्रु थिए भन्ने याकिन नभएका कारण घाईतेको संख्या प्रहरीले बताउन सकेन । घाईतेहरुलाई नेपाली सेनाको हेलिकप्टेरमा काठमाण्डौ ल्याईदैछ । बस पल्टिएको ठाँउको छेउमा नै ठूलो भीर भएपनि उक्त भीरमा भने बस खसेन, त्याहाँ खसेको भए, कोहीपनि बाँच्ने थिएन । जिल्ला प्रहरी कार्यालयले भन्यो ।
केहि घाईतेलाई जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएको छ । मृतकहरु काठमाण्डौका नै भएको अनुमान गरिएपनि हालसम्म सनाखत हुन सकेको छैन ।