अन्तर्राष्ट्रिय

हैजा लागेर दक्षिणी सुडानमा १ सय ७२ को मृत्यु

जुवा, सुडान । दक्षिणी सुडानका १४ ओटा प्रदेशमा हैजाका कारण १७२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले बिहीबार जनाएको छ ।

राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन १८ देखि अहिलेको अप्रिल १४ सम्ममा छ हजार २२२ ओटा हैजासम्वन्धी विरामी भेटिएको जानकारी दिए ।

सुख्खा मौसमका बेलामा देशभरी यस्ता नयाँ विरामीहरु पनि थप देखिँदै गएको उहाँले बताए ।

लगातारको द्वन्द्वका कारण विस्तापित हुनुपर्ने, विस्थापित भएका ठाउँमा खाना, पानी, सरसफाई राम्रो नहुने लगायतका कारणले हैजा हुने गरेको राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैवीच, श्रीङ्खलाबद्ध सशस्त्र आक्रमणमा परी दक्षिणी सुडानमा पूर्वी प्रदेश बोमामा अघिल्लो हप्ता मात्रै कम्तीमा ५५ जना आम नागरिकको मृत्यु भएको छ ।

स्थानीय अधिकारीले त्यस अवधिमा अरु २० जना घाइते भएको र आठ हजारभन्दा बढी विस्थापित भएको बिहीबार जनाएका छन् ।

दक्षिणी सुडानका नानाम, कोङगोर र लुकोङगोलमा बिहीबारसम्म छापा मारिएको बोमा प्रदेशका सुचना मन्त्री जोहन अचोनले जानकारी दिए ।

दक्षिणी सुडानका लागि राष्ट्रसङ्घीय मिसन अनमिसले सुडानमा सरकारी पक्ष र विपक्षीबीच लडाइहरु भइरहेको जनाएको छ । रासस/सिन्ह्वा