पु.समाचार

बिश्वबैँकले यसरी गर्यो नेपालको प्रशंसा

काठमाडौं । नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै नेपालको प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् ।

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष –आइएमएफ० ले गरेका छन् । केही महिनाअघि साढे ५ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेको आइएमएफले हालै मात्र आफ्नो प्रक्षेपण बढाएर साढे ६ प्रतिशतको आर्थिक वगृद्धि हुने अनुमान गरेको थियो ।

नयाँ पत्रिकाका अनुसार, विश्व बैंक समूहमध्येका एक कार्यकारी निर्देशक एन्डिन ह्यादियन्तोले नेपाललाई आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाली टोलीलाई बधाई दिएको छ ।