आर्थिक

सनराईज बैकद्वारा भारतमा पनि रेमिट्यान्स सेवा बिस्तार

काठमाण्डौ । सनराईज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको IDBI बैंक संग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले IDBI बैंकको कुनै पनि शाखाबाट नेपालमा सनराईज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् ।

IDBI बैंकको भारतमा १८०० भन्दा बढी शाखाको संजाल छ । सन्राइज बैंक लिमिटेड र IDBI बैंक बीच रेमिटेन्स सम्झौता क्ष्म्द्यक्ष् बैंकको प्रधान कार्यालय मुम्बईमा सम्पन्न भएको छ ।

उक्त सम्झौतामा  सनराईज बैंकका अध्यक्ष श्री मोतीलाल दुगड र IDBI बैंकका नायव प्रबन्ध निर्देशक श्री के. पी. नायर तथा कार्यकारी निर्देशक श्रीमती मैथीली बालसुब्रमन्यमको उपस्थितिमा  सनराईज बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र IDBI बैंकका तर्फबाट बैंकका मुख्य महाप्रबन्धक एन. कृष्णनले हस्ताक्षर गरेका छन् ।

सम्झौता संगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहिहरुले  सनराईज बैंकको ६८ वटा शाखा र ३ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।