राजनीति

अन्ततः ६ मधेसबादी दलहरुको पार्टी एकता यसरी भयो

काठमाण्डौ । थ्रेस होल्ड कायम भएपछि आत्तिएका साना दलहरु राष्ट्रिय पार्टी बन्न नसकिने हो कि भन्ने डरले एकीकरण हुन थालेका छन् । ईतिहासमा नै पहिलो रेकर्ड तोड्दै बिहीबार ६ मधेसबादी दलहरुको एकीकरण भएको छ, एकीकरण हुनेमा तराई मधेस लोकतान्त्रीक पार्टी, सद्भाबना पार्टी, राष्ट्रिय मधेस सद्भावना पार्टी, नेवपाल सद्भावना पार्टी र फोरम गणतान्त्रीकबीच काठमभाण्डौमा एकीकरण भएको छ ।
मधेसी मोर्चामा आबद्ध दलहरुले पार्टीको नाममा मधेस शब्द हटाएका छन् । भने सबै पार्टीका अध्यक्षहरुको अध्यक्ष मण्डल बनाई पार्टी एकीकरण गरिएको छ । हाललाई संयोजकको रुपमा काम गर्न तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई राखिएको छ ।

पहिले ५ वटा पार्टी मात्र एकता गर्ने भनिएपनि पछि अनिल झा नेतृत्वको पार्टीलाई पनि एकता गराएर ६ वटा पार्टीको एकता गराएका हुन् ।

क्रान्ति, शान्ती र समृद्धी झल्किने गरी झण्डा पनि सबार्बजनिक गरिएको छ । पार्टी एकतापछि महन्थ संयोजक महन्थ ठाकुरले मधेसमा निर्बाचन सम्भब नरहेको, सिंहदरबार नसुध्रिए मधेस पनि गुम्न सक्छ, त्यसैले मधेसमा निर्बाचन सम्भब छैन भनेका  छन् ।
अध्यक्ष मण्डालका सबै पार्टीका मधेसबादी नेताहरुले मधेसमा निर्बाचन नहुनेतर्फ संकेत गरेका थिए ।

उपेन्द्र यादबको संघीय समाजबादी भने डा.बाबुराम भट्टराईसंगको पार्टी एकता अन्तिम चरणमा पुगेको छ ।