पु.समाचार

छालासहित महेशसिंह एक पक्राउ !

वैतडी । चितुवाको छालासहित बैतडीको पाटनबाट आज एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९ इन्च लम्बाइ र २ फिट चौडाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले बताउनुभयो । पक्राउ परेका सुतारलाई आजै जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।

सुतारलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ९परिमार्जित २०७३० अनुसार रु २० हजारभन्दा माथि जरिवाना र छ महिना कैद हुने जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिनुभयो । रासस