समाचार

घुमाउनेको ढिस्को नहटाएसम्म मुग्लिङ्ग नारायणगढ सडक बन्द हुने

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ घुमाउनेमा रहेको ठुलो (ढिस्को) ढुंगा नहटाएसम्म बाटो पुर्णरुपमा बन्द गरिने भएको छ । जसका लागि आज बिहान १० बजेदेखिनै ब्रेकर र लोडरले ढुंगा फुटाउने काम भइरहेको आयोजना इन्जिनयर शिवप्रसाद खनालले जानकारी दिएका छन् ।
“अहिले पानी परिरहेकोले खतरा झन बढेर गएको छ र झुण्डिएको ठूलो ढुंगा खस्ने संभावना फेरी देखिएको छ, उहांँले भन्नुभयो, यसलाई नहटाएसम्म बाटो खोल्न सकिंदैन । ्आज काम नसके रात्रीकालिन समयमा समेत कामलाइृ निरन्तरता दिने उहांँले बताउनुभयो । आजै काम सकिए बाटो खुल्ने र नसकिए भोली पनि खुल्न नसक्ने उनको भनाई छ । सो ढिस्को २० मिटर चौडा र एकजार घनमिटर रहेको छ।

गत चैत २१ गते ढुंगा खसेर सो स्थानमा च्यापिएर दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए ।

चैत १५ यता विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सवारीसाधन रोकेर काम हुँदै आईरहेको छ । यही बैशाख सम्म आयोजनाले काम सकिने ठेक्का लिएतापनि फेरी ६ महिना म्याद थपेर कामलाई निरन्तरता दिइएको छ । हालसम्म ५५ प्रतिशत मात्र काम सकिएको आयोजनाले जनाएको छ । देशकै सो महत्वपुर्ण सडकमा झण्डै दैनिक ८ हजार सवारी साधन आवत जावत गछन् ।