राजनीति

बालुवाटारमा पाँच ठूला दलको बैठक शुरु, गृहमन्त्री निधिको समेत उपस्थिति

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा मूख्य ५ मूख्य ठूला दलको बैठक बसीरहेको छ । प्रधानमनत्रीको पूर्ब योजना अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, प्रमसख प्रतिपक्षी दल नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जन अधिकार फोरम लोकतान्त्रीक सरकारले घोषणा गरेको स्थानीय तहको निर्बाचन तथा आगामी मूख्य दलहरुको भूमिकाका बिषयमा छलफल गरिने प्रधानमन्त्री सचिवालय स्रोतको दाबी छ ।

निर्बाचनमा कुनैपनि हालतमा भाग लिन्नौ भन्ने मधेसी मोर्चा, निर्बाचन बहिस्कार नै गरेको पार्टी नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओबादी लगायत निर्बाचनलाई अप्ठेरो पर्ने खाल्का तत्वहरुलाई निराकरण गर्ने प्रयास स्वरुप बुधबारको बैठक बस्न लागेको बताईएके लछ ।
काँग्रेसका तर्फबाट उपप्रधान एबम् गृहमन्त्री बनेका बिमलेन्द्र निधि आफू सिनियर हुन नपाएपछि पार्टी सभापति शेरबाहादुर देउवा र प्रधानमन्त्री दुबैसंग रुष्ट भएका कारण आवश्यक परे गृहमन्त्री परिवर्तन गर्ने बिषयमा समेत छलफल हुने बताईएको छ ।

प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्रीमा अर्को काँग्रेसको नेतालाई सिफारिस गर्न आग्रह गरेको देउवा निकट स्रोतको दाबी छ । यसबाहेक सत्तारुढ घटक दल राप्रपाले निर्बाचन आयोगसंग गरेको असन्तुष्टी, निर्बाचनको मिति सार्ने बिषयमा भएको छलफलका बिषयमा समेत छलफल हुने छ ।
बैठकमा काँग्रेसका तर्फबाट उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधि समेत उपस्थित छन् ।