पु.समाचार

प्याब्सनले दियो यस्तो दबाब !

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले धेरै त्रुटि रहेको ‘प्याब्सन साइन्स बुक’ पढाउन सदस्य विद्यालयहरुलाई दबाब दिएको छ । प्याब्सनका पदाधिकारीहरुले एसएमएस, भेटघाटमा आफैंले प्रकाशन गरेको प्याब्सन साइन्स बुक पढाउन दबाब दिएका हुन् ।

‘प्याब्सन साइन्स बुकमा धेरै त्रुटि पाइएपछि उसकै सदस्य विद्यालयले समेत पुस्तक पढाउन नचाहेपछि विभिन्न तरिकाले दबाब दिन थालिएको हो । नयाँ पत्रिकाका अनुसार, कतिपय जिल्लामा जिल्ला समितिको दबाबमा जिल्लाका सदस्य विद्यालयलाई सो पुस्तक पढाउन सहमत गराइसकेका छन् ।

प्याब्सन सामाजिक संस्था भए पनि आर्थिक स्रोत जुटाउन उसले कक्षा १ देखि १० सम्मका लागि प्याब्सन साइन्स बुक प्रकाशन गरेको छ । सो पुस्तक पी पब्लिकेसन्सको नाममा प्रकाशित छ ।