पु.समाचार

डीआईजीपी चन्द यसरी भए भूमिकाबिहीन

jaya-bahadur-chand

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याल नियुक्त गरेपछि डिआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोचच अदालतले चन्दलाई आइजिपीमा नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो ।

सरकारले अर्याललाई गत सोमबार आइजिपी नियुक्त नगर्दासम्म चन्दले प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा हाजि गरेका थिए । अर्याल आइजिपी भएपछि चन्दले गृहसचिवसँग हाजिर गरिरहेको बताए ।

फागुन १ गते सरकारले आइजिपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी) को प्रमुख थिए । आइजी नियुक्त भएलगत्तै उनले एनसिबिको जिम्मेवारी हस्तान्तरण गरी प्रहरी प्रधान कार्यालयमा हाजिर गर्न थालेका थिए । अन्नपूर्णपोष्टका अनुसार सरकारको निर्णयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि पनि उनले हेर्डक्वर्टरमै हाजिर गरिरहेका छन् ।