राजनीति

प्रतिब्यक्ती आय ५ हजार डलर बनाउने एमालेको योजना जनताप्रतिको पछिल्लो झुट !

काठमाण्डौ । नेकपा एमालेले हावाबाट बिजुली निकाल्ने हावा योजना ल्याएर जनताका सामु नाङगीएको केहि महिना नहुंदै निर्बाचनलाई लक्षित गर्दै जनतालाई झुक्याउने अर्को महत्वाकाँक्षी योजना सार्बजनिक गरेको छ ।
एमाले उपाध्यक्ष बामदेब गौतमको संयोजकत्वमा बनाईएको उक्त योजनामा आफ्नो पार्टीले निर्बाचनमा जित हाँशिल गरे शिक्षा र स्वास्थ्य निशुल्क गर्ने र हेरकम नेपालीको प्रतिब्यक्ती आय पाँच बर्षमा ५ हजार डलर बनाउने महत्वाकाँक्षी वा पुरा हुनै नसक्ने योजना सार्बजनिक गरेको छ । पछिल्लो तथ्याँक अनुसार नेपालीको प्रतिब्यक्ती आय ७६६ भएपनि एमालेले छ हजार पुर्याउने हावा योजना सार्बजनिक गरेको छ ।
कार्यबहाक अध्यक्ष समेत रहेका बामदेब गौतमले पार्टीको स्थानीय तहलाई लक्षीत गरि घोषणा पत्र तयार गर्ने छन् ।

तीन बर्षभित्र गबिबी निवारण गर्ने, घर घरमा रोजगारी दिने, ५ बर्षभित्र मुलुकलाई बेरोजगारबिहीन बनाउने, १० बर्षभित्र एसियाको जापान जस्तो बिकशीत मुलुक बनाउने कुरा समाबेश गरिने नेकपा एमालेका उपाध्यक्ष बामदेश गौतमले बताएका छन् ।
एमालेको उक्त कुरामा नेपाली जनताले बिश्वास गरिहाल्ने अवस्था भने देखिदैन ।

०४६ सालको जनआन्दोलनपछि पटक पटक नेतृत्वमा पुगेको एमालेले मनमोहन अािधारीका पालामा बृद्धभत्त्ता ल्याउने, आफ्नै गाँउ आफैं बनाउ जस्ता नारा बाहेक २७ बर्ष झिंगा धपाएर बसेको जनताको आरोप छ । सरकारा प्रधानमन्त्ती पटक पटक भएपनि जनताका पक्षमा केहि काम देखाउन नसकेको एमालेले अन्तिम समयमा यस्ता महत्वाकाँक्षी योजना ल्याएर जनतालाई पछिल्लो पटक ढाँटेको फेसबुक र ट्वीटर जस्ता सामाजीक संजालहरुमा नेपालीहरुले लगाउन थालेका छन् ।