पु.समाचार

युएईमा यसरी मेनपावरले मानिसको मूल्यसहित बिक्रीका लागी राख्छ !

काठमाडौं– युएईको एक म्यानपावर कम्पनीले ६ नेपाली कामदार महिलालाई आफ्नो ब्यापारीक वेबसाईटबाट बिक्रीमा राखेको छ । यूएईको उक्त म्यानपावर कम्पनीले रोजगारका लागि आफ्नो वेवसाईटमा कामदारको विवरणसहित राख्ने गरेको छ ।

नेपालका विभिन्न ठाउँका ६ जना महिलाको तस्विरसहित अलशाहिनहोल्डिङ डट् कमले नेपाली कामदार महिलालाई विक्रीमा राखेको हो । चार महिलाको नाम एउटै भए पनि थर फरक छ । दुई महिलाको पनि एउटै नाम छ भने थर र ठेगाना फरक छ ।

यस बिषयमा नेपाली दुताबास युएईले कुनै जानकारी नभएको र उक्त महिलाहरू कसरी युएई आएर म्यानपावर एजेन्सीसम्म कसरी पुगे भन्ने बारे अनविज्ञ रहेको एक कर्मचारीलाई उद्धृत गर्दै गोरखा वेलफेयर सोसाइटी यूएईका सभापति विनोद श्रेष्ठले बताए ।

रातोपटीका अनुसार अलशाहिन मेनपावर रिक्रुटमेन्टले सबै महिलाको पूर्ण विवरणसमेत छुट्टछुट्टै राखेको छ ।