विचार/ब्लग

एमाले अध्यक्ष केपी ओली यसरी भए राष्ट्रबादी नेता (कारणसहित)

दिपक मर्नाल

के पी ओलीले उखान र टुक्का भन्ने बाहेक केहि काम गरेन भन्ने भारतीय कमाराहरू तथ्यांकहिन, तथ्यहिन र कुतर्कयुक्त बर्बराई गरिरहेका छन्।

के पी ओलीको ३ बर्षीय पार्टी नेतृत्व र ९ महिने सरकारको नेतृत्व कुशलताले आम एमाले पंक्ती र आम जनतामा अब त देशमा अबश्य राम्रा कामहरूका थालनी हुनेछन् भन्ने एउटा ठुलो तथा बास्तविक आशा र उमंग जगाएको थियो र छ । त्यहि कारण बिगतमा ओली पार्टी नेतृत्व र सरकारको नेतृत्वमा आउनु भन्दा अघीसम्म उनको धुँवाधार बिरोध गर्नेहरूले समेत अहिले उनलाई प्रशंशा बर्षाउन थालेका छन् र सार्बजनिक मंचहरू मार्फत नै आफूहरूले त्यसो गरेकोमा पछुताउ गरेका छन् ।

नेपालमा धेरै चर्चित मानिसहरूले वलीलाई नेपालमा शताब्दियौं पछी बल्ल–बल्ल पाएको एकमात्र बास्तविक नेता भनेका छन्, यसमा नेपालका पुर्ब प्रधानमन्त्री देखि नेपाली सेनाका जर्नेल (रथी) हरू समेत परेका छन् ।

के पी ओली प्रधानमन्त्री हुँदा कस्तो परिस्थिती बिध्यमान थियो ?
ओलीले आफ्नो अत्यन्त छोटो समयको (९ महिनाको) सरकारको नेतृत्व कालमा देश र जनताका हितमा के कस्ता कामहरू गरे भन्ने प्रश्नको उत्तर सबैका सामु प्रष्ट नै छ । ओलीको मंत्रीमण्डलको ७ वटा बिशेष परिस्थीती थिए । पहिलो, उनको मन्त्रीमंडलको आयु अत्यन्त छोटो रहन गयो । दोश्रो, उनको मन्त्रीमंडल निर्माण हुँदाको समयमा देशमा महाभूकम्पको देशव्यापी दुर्दशा जनताले व्यहोरिरहेका थिए । तेश्रो, मन्त्रीमंडलमा सामेल भएका दलहरू धेरै र १० दिशाहरूतर्फ मुख फर्काएर बसिरहेका दलहरू थिए ।

सबैलाई चित्त बुझाएर मात्र काम गर्न सकिने स्थिती थियो । चौथो, ओली प्रधानमन्त्री हुनु भन्दा अघी नै भारतले बिना कारण नेपालको बिरुद्ध आर्थिक नाकाबन्दी गरिरहेको थियो । पाँचौं, त्यही समयमा तराईका भारत परस्त जमिन्दारहरूले कथित आन्दोलन नामको हिंशा र बिनाश देशमा प्रायोजित गरिरहेका थिए ।

छैठौं, ओली सरकारले काम गर्ने समयमा स–साना विषयहरूमा समेत त्यस समयको प्रमुख प्रतिपछ्य नेपाली कांग्रेसले सम्षदमा पटक–पटक बाधा-ब्यबधान खडा गरेर सरकारलाई पुर्बग्रहपूर्ण ढंगले नियमित कामहरूमा समेत अप्ठ्याराहरू खडा गर्ने गरेको थियो ।

र, अन्तमा, सातौँ, ओली लीलाई आफ्नै दलका केहि महत्वपूर्ण ठानिने नेताहरूले समेत भित्री सहयोग गरिरहेका थिएनन्, बरु पार्टीका बिरोधी शक्तीहरूका नेताहरूसंग गोप्य रुपमा साँठगांठ गर्दै अप्ठ्यारो परिस्थिती निर्माण गर्न लागेका थिए भन्ने तथ्य त्यस समयमा पत्रपत्रिकाहरू र अन्य श्रोतहरुबाट सार्बजनिक भैरहेका थिए ।

यस्तो स्थितीमा बनेको ओली मन्त्रीमंडल (सरकारको नेतृत्व) ले माथी उल्लेखित अत्यन्त महत्वपूर्ण कामहरू गरेको र गर्न थालेको थियो। सरकारमा रहेर देश र जनताका लागि कामहरू गर्न कम्तिमा पनि ५ बर्षको एक अबधी त चाहिन्छ नि !

अहिले सम्म ओलीले जम्मा एक पटक प्रधानमन्त्री हुने मौका पाएका छन् । त्यो पनि पुगनपुग ९ महिना मात्र । त्यो पनि आफ्नो दलको बहुमत नहुँदा दश दिशाहरूतर्फ मुख फर्काएर बसेका अरु दलहरूका मानिसहरूको सहयोग लिएर मात्र काम गर्नु पर्ने स्थिती रह्यो । त्यो मन्त्रीमण्डलमा हुलिएका माओबादी नामका जमातको तर्फवाट मंत्री भएकाहरूले भ्रष्टाचार गर्नमा नै आफ्नो सम्पूर्ण समय खर्चे र भ्रष्टाचार गरेर ओलीलाई असहयोग गरे । ओली प्रधानमन्त्री बन्नु भन्दा केहि हप्ताहरू अघी मात्र देशले महाभुकम्प व्यहोरेको थियो । देशमा भ्रष्ट कर्मचारीतन्त्र पुरै हाबी थियो । त्यहि समयमा छिमेकी देश भारतले ५ महिना सम्म आर्थिक नाकाबन्दी गर्यो । भारतले नै तराईका जमिन्दारहरूलाई कथित आन्दोलन नामको हिंशा र बिनाश प्रायोजित गरायो । यसरी यस्तो अत्यन्त विषम परिस्थितीमा वलीले सरकारको नेतृत्व गरेका थिए ।

ओली सरकारले के के कामहरू गर्यो त ?

त्यहि ९ महिनामा पनि, केहि महिना देश र जनताका लागि के कस्ता आल्पकालिन र दिर्घकालिन कामहरू गर्ने भनेर राय–सल्लाहहरू लिने र त्यसपछी आफुले गर्ने त्यस्ता कामहरूका खाका कोर्न लाग्यो । त्यहि समयमा पुरानै सरकारको बजेट अनुसार काम गर्नु परेको स्थिती थियो । त्यसपछी वलीको नेतृत्वको सरकारले बार्षिक बजेट प्रस्तुत गरेको केहि हप्ता नबित्दै र संदबाट बजेट समेत पारित गर्न नदिएर षढ्यन्त्रमुलक उनको सरकारलाई नेपाली जनताका स्वदेशी तथा बिदेशी शत्रुहरूद्वारा अपदस्त गरियो ।

तै पनि, माथी उल्लेखित अत्यन्त विषम परिस्थतीका बाबजुद, के पी ओलीले बोलेका अनुसार थुप्रै कामहरू धमाधम सुरु भएका थिए। नेपाल जस्तो भ्रष्ट कर्मचारीतन्त्र भएको देशमा ओलीले बोलेको केहि हप्ताहरू वा केहि महिनाहरू भित्र नै उनको बोलि र योजना अनुसार धमाधम कामहरू सुरु हुनु आफैमा एउटा आश्चर्य मान्नु पर्ने घटना थियो । ओलीले भने अनुसार काठमाडौँमा नै पाईपद्वारा जनताका ग्यास घर भित्रै वितरण कार्य सुरु भएको थियो, जुन अहिले रोकियो । हावाबाट र सौर्य–उर्जाबाट बिजुली निकाल्ने र वितरण काम सुरु हुँदै कतिपय ठाउँहरूमा वितरण नै भयो र त्यस्तै काम हुँदै थियो । झोलुङ्गे पुलहरू धमाधम निर्माण हुँदै थिए । देशमा फलाम, युरेनियम, नुन, पेट्रोल खानीहरू खोज्ने र पत्ता लगाउने कामहरू धमाधम भएकै थियो। नेपाल–चीन रेल मार्गको रेखाचित्र तयार हुँदै थियो । पोखरामा अन्तर्राष्ट्रीय विमानस्थल निर्माण कार्य सुरु भएकै थियो। यसरी, थुप्रै अन्य बिकाश र निर्माणका कार्यहरू सुरु भएर अगाडी बढ्दै थियो । वली सरकारले तराईमा बिकाश र निर्माणहरू गर्न अपुर्ब मात्रामा ठुलो रकम आफ्नो बजेटमा छुट्टयाएर काम तुरुन्तै आरम्भ गर्ने तयारी थियो । शिछित युवाहरूलाई उनीहरूका शैक्षिक प्रमाण–पत्रहरू धितो राखेर सरकारी ऋण तुरुन्तै दिने योजना थियो । यस्तैगरी, देश र अजनाताका हितमा अन्य सयौं कार्यहरू हुँदै थिए । तै पनि, आजभोली, केहि भारतीय कमाराहरू के पी ओलीले गफ दिने र सपना देखाउने बाहेको के गर्यो ? भनेर सत्य, तथ्य र तर्कहिन भएर फलाकिरहेका छन् । यस्ता सबै कामहरू अहिलेको कठपुतली अपराधी सरकारले रोकेको छ।

यस्ता टड्कारा तथ्यहरू बिध्यमान हुँदा हुँदै पनि ओलीले गफ बाहेक केहि गरेन भनेर बर्बाराउने भारतीय कमाराहरू मानिसका अनुहार भएका पशु (अर्थात, नरपशु)हरू मात्र हुन् । हो, ओलीले देश र जनताका प्रगतीका लागि थुप्रै सपनाहरू देखाएका थिए। तर, ओलीका सपनाहरू केवल सपना थिएनन् । ओलीका सपनाहरू बास्तविक जीवनमा लागु गर्न र कार्यन्वयन गर्न सकिने सपनाहरू नै थिए । ओलीले कुनै आदर्शवादका काल्पनिक सम्भावना मात्र देखाएका थिएनन् । यस्ता तथ्यहरू यी नरपशुहरूले जानाजानी बुझ पचाएका छन् । त्यो उनीहरूको कलंकित र बाङ्गो नियतका कारणले गरेका हुन् ।
के पी ओलीले उखान र टुक्का भन्ने बाहेक केहि काम गरेन भन्ने भारतीय कमाराहरू तथ्यांकहिन, तथ्यहिन र कुतर्कयुक्त बर्बराई गरिरहेका छन् ।