पु.समाचार

बर्षमै करोडौं अनियमियतता !

काठमाडौं । परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्चलगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदनमा अनियमितता औंल्याइएको छ ।
नागरिक दैनिकका अनुसार, महालेखा परीक्षकको ५४ औं वार्षिक प्रतिवेदनमा परराष्ट्र मन्त्रालय र मातहतका ३९ कार्यालयको उक्त आवको लेखापरीक्षण गर्दा ४१ करोड ८६ लाख ४७ हजार रुपैयाँ बेरुज देखाइएको छ । बेरुजुमध्ये करिब २४ करोड अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।