प्रवास

नेपालीहरुलाई अमेरिका जान प्रतिबन्ध !

काठमाडौं । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले चिलीलगायत दक्षिण अमेरिकी महादेशका अन्य मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले बताए । अन्नपूर्णपोष्टका अनुसार उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अध्ययन भिसामा चिली गएका ४२ विद्यार्थी अलपत्र परेका थिए ।

अध्ययनको बहानामा रोजगारी तथा अन्य उद्देश्यले चिलीसहित ब्राजिललगायतका मुलुकमा गए समस्यामा पर्ने गरेका शिक्षा र परराष्ट्र मन्त्रालयले गरेको अध्ययनमा पाइएको छ ।