राजनीति

नयांशक्ती संयोजक डा. भट्टराईको ६ दिनका लागी अनशन शुरु, प्रधानमन्त्री दाहालसंग यसरी भए आक्रमक

काठमाण्डौ । ठूला दलहरु दलीय पहिचानको निशाना मेट्टाउने अभियानमा लागेको आरोप लगाउदै नयाँ शक्ती नेपालका संयोजक डा.बाबुराम भट्टराई ६८ साना दलसहित शान्तिबाटीका रत्नपार्कमा अनशन बसेका छन् ।

अनशन उद्घाटनको शुरुवाती गर्दै पुर्बप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आवश्यक परे प्रधानमन्त्री कार्यालय, निवास, संसदभबन आफूहरुले घेर्ने उद्घोष गरेका छन् । प्रधानमन्त्री समेत रहेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ संकेत गर्दै डा. भट्टराईले ठूला तिन दलले गरेको निर्णय तर्कसंगत नभएको भन्ने थियो । संसदमा प्रतिनिधित्व गर्ने दलहरुले मात्र निर्बाचन चिन्ह पाउने निर्णयलाई कुनैपनि हालतमा सच्याउनुपर्ने चेतावनी दिएका छन् ।

पहिलो चरणमा देशभरका निर्बाचन कार्यालय घेरोका ६८ दलले दोस्रो चरणको कार्यक्रम अन्तर्गत ६ दिने अनशन शुरु गरेको छन् ।
प्रमुख निर्बाचन आयुक्तको कार्यालय घेराउ गर्न जाँदा प्रहरीले डा. भट्टराई, सीपी गजुरेल सहितका नेताहरुलाई प्रहरीले समातेर थुनेको थिायो । शान्तिपूर्बक अनशन कार्यक्रममा भने प्रहरीले हस्तक्षेप गर्ने सम्भाबना छैन ।  आफूले निर्बाचन चिन्ह नपाएपछि डा. भट्टराई ठूला दलहरुप्रति आक्रमक छन् ।