राजनीति

तीन करोड नेपालीहरुलाई बिना पैसा स्वास्थ्य बनाउने गगन थापाद्वारा सार्बजनिक योजना प्रभाबकारी !

काठमाण्डौ । स्वास्थ्यमन्त्री गगन कुमार थापाले नयाँबर्ष २०७४ सालको आवागमनसंगै आफू मादकपदार्थ सेवन नगर्ने उद्घोष गरेका छन् । पहिला पनि मादकपदार्थका अम्मली नभएका नेपाली काँग्रेसका युवा नेता रहेका थापाले आफूलेमात्र उक्त उद्घोष गरेनन् प्रधानमन्त्री पुष्पकमल दाहाल, बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी, उर्जामन्त्री जनार्दन शर्मा, चर्चित बलिउड अभिनेत्री मनिषा कोईराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उपे्रेती लगायतले रक्सीले सरुवा रोगले भन्दा पनि बढी स्वास्थ्यका लागी घातक असर गर्ने कुरामा एकयबद्धता जनाएका थिए ।

स्वास्थ्यमन्त्री थापाले स्वास्थ्य सम्बन्धि जनचेतना जनाउने उद्येश्यले स्वास्थ्यमन्त्रालयको नयाँबर्षे कार्यक्रम अन्तर्गतको मेरो बर्ष एप्स समेत सार्बजनिक गरेको छ । रुक्सीकी अम्मली रहेकी अभिनेत्री मनिषा कोईरालाले आफू क्यान्सरका काराण मर्नु न बाँच्नु भएर जुनी फेरेका कारण यस प्रकारको कार्यक्रम आफूलाई मन परेको बताएकी थिईन् । कोईरालाले क्यान्सर लागेका कारण अमेरीकाको महंगो अस्पतालमा क्यान्सर रोगको उपचार गराएर निको भएकी बताईन्।

स्वास्थ्य रहनका लागी यस्ता ५ वटा टिप्सहरु ल्याईएको छ 
१. म रक्सी, चरोट र सूर्तिजन्य पदार्थ खान्न, २. म नियमित व्यायाम गर्छ, ३.म स्वस्थ्य र पोषिलो खाना खान्छु, ४. म नियमित स्वास्थ्य परीक्षण गराउँछु, ५.म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग छु ।
युवा नेता थापाले मादक पदार्थ सेवन लगायत यी पाँचवटा कुराहरु हरेक नेपालीहरुले अबलम्बन गर्न सके औषधी उपचारमा हुने ब्यत्येक ब्यक्तीको अरबौंको खर्च मात्र नभएर मानिसलाई स्वास्थ्य राख्ने ठोकुवा गरेका थिए । स्वास्थ्यमन्त्री थापाको अभियानमा आएका प्रधानमनत्री पुष्पकमल दाहालले भने उक्त अभियान सरकारको लोकप्रीय र जनहितको भएको बुझेको बताए । उक्त अभियानले नयांबर्षसंगसंगै प्रचारमुखी भएर जनचेतनामूलक रुपमा चलाएर सफता हासिल गराउने बिश्वास स्वास्थ्य मन्त्रालयले राखेको छ ।

 नेपालीहरुले युवा नेता थापाले एप्स समेत बनाएर कार्यक्रम ल्याएकाले उक्त अभियान सफलतातर्फ उन्मुख हुनेमा बिश्वास गरेका छन् ।