पु.समाचार

उपेन्द्र यादबसंग मोर्चाका नेताहरु शसंकित हुदै

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेता भन्दा चर्को कुरा गर्छन् । सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्को मात्रै होइन, निर्वाचन बहिष्कार गर्ने धम्की दिइरहन्छन् ।

यता यादवको पार्टीका नेताहरुले भने निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोगमा टिकट वितरणमा पार्टीको नमुना हस्ताक्षर बुझाएका छन् । फोरम नेपालका संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले चैत २६ गते निर्वाचन आयोगमा गई पार्टीको आधिकारिक नमुना हस्ताक्षर बुझाए ।
आफ्ना उम्मेदवारहरुलाई दिने टिकटमा पार्टीका नेताहरुको आधिकारिक नमुना हस्ताक्षर बुझाउन निर्वाचन आयोगले दलहरुलाई चैत २६ गतेसम्मको समय दिएको थियो । पछि आयोगले नमुना हस्ताक्षर बुझाउने समय बढाएर चैत ३० गतेसम्म पुर्यायो । नागरिक दैनिकका अनुसार यो अवधिमा मधेसी मोर्चामा आवद्ध अन्य ६ दलले भने आयोगमा आधिकारिक हस्ताक्षर बुझाएका छैनन् ।
मोर्चाका अन्य नेताले फोरम नेपालको यस्तो भूमिकालाई दाहोरो रवैया भनी असन्तुष्टी जनाएका छन् ।