पु.समाचार

यात्रुबाहक बस अनियन्त्रित भई पल्टिदा, छुट्टाछुट्टै दुर्घटनामा एकको मुत्यु पांँच घाइते 

चितवन। चितवनमा आज विहान भएका छुट्टाछुट्टै दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

जिल्लाको रत्ननगर नगरपालिका–५ जनकौली स्थित भित्री सडक खण्डमा विहान १ः३५ बजेको समयमा सौराहाबाट जनकौली तर्फ जादै गरेको ना ४० प ३५४१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

दुर्घटनामा परी स्कूटी पछाडी सवार रत्ननगर नगरपालिका–५ बस्ने वर्ष ४० का प्रेम चौधरीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटना परि घाईते भएका चौधरीको भरतपुर अस्पतालमा उपचारको क्रममा विहान ७ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि स्कुटी चालक खैरहनी नगरपालिका–६ कपिया बस्ने वर्ष २० का सुदर्शन चौधरी घाईते भएका छन् । उनको अहिले पनि भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

यसैबीच आज विहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिदा चार जना घाईते भएका छन् ।
विहान ५ः१५ बजे भरतपुर महानगरपालिका–२६ स्थित भित्रि सडक खण्डमा चाँदनी चोकबाट मेघौली तर्फ जादै गरेको ना ४ ख ९३१० नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा सवार ४ जनाको अवस्था मध्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ ।

घाईते हुनेमा भरतपुर–२६ बस्ने बर्ष ३९ का खड्क बहादुृर क्षेत्री, सोही स्थानका वर्ष ५० की टिका देबि न्यौपाने, सोही स्थानका बर्ष ४८ को होम नाथ सुबेदी र सोही स्थान वर्ष ५३ कि पदम कुमारी ढकाल रहेका छन् । बसका चालक फरार रहेकोले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।