मनोरञ्जन

कुलमानपछि धुर्मुस सुन्तली बिश्वभरी बसोबास गर्ने तीन करोड नेपालीहरुका लागी यसरी भए बधाईका पात्र

काठमाण्डौ । धुर्मुस सुन्तलीले १६ महिनाको अथक परिक्षमपश्चात ५५ परिवारका लागी बस्न मिल्ने आकर्षक २८ घर निर्माण गरेर उनीहरु राम्रा कलाकार मात्र नभएर राम्रो देशप्रेमी पनि भएको प्रमाणित गरेका छन् ।

न्या बर्ष २०७४ साल बैसाख १ गतेसंगै उनीहरुले ३ सय १० जना बस्न मिल्ने गरी प्रत्येक घर चार चार कोठाका निर्माण गरेका छन् । धुमुस सुन्तली फाउण्डेसनमार्फत निर्माण गरिएका घरहरु बलिया र आकर्षक पनि देखिन्छन् । धादिगंको उत्तरी क्षेत्रमा पर्ने लापा कपुर गाउँ र नेवियर गाबिसमा बसोबास गर्ने जम्मा ७५ घरधुरी थिए, ०७१ साल बैसाख १२ को भूकम्पबाट तहसनहस भएका ६० घरपरिवारको दिन कटाई त्रिपाल र स्याउलाको गोठमा भएको देन्थ्यिो । उक्त दुःखमा मल्हमपट्टी लगाउन कलाकार समेत रहेका धुमुस सुन्तलीको जोडी दिनरात १६ महिना खट्यो जसको परिणाम स्वरुप मुशहर बस्तीमा झिलिमिलि भयो, मूशहर बस्ती शहरमा परिणत भयो ।

त्यहाँ बसोबास गर्ने भूकम्पपीडितले पनि ४५ लाखको श्रमदान गरेको भनिएको उक्त बस्तीमा प्रति घर १४ लाख लगानी लागेको बताईएको छ । मुलुक निर्माणमा सबैले दत्तचित्त भएर लागे नहुने के रहेछ र ? भन्ने प्रमाण धुमुस सुन्तलीको अभियान सफल भएको दृष्टान्तबाट सिक्न सकिन्छ ।

एक हजार घर निर्माण गर्ने भनेका उद्योगपति बिनोद चौधरी काहाँ गए, गोरखाको बारपाक निर्माण अभियानमा जुटेका एनआरएनका अध्यक्ष शेष घले काँहा गए । त्यो प्रश्नचिन्ह खडा हुन्छ । ठूला ठूला कुरा गर्ने र केहि छिनपछि भूकम्पपीडितको समाबेदनामा खेल्ने सोच राखेकाहरुले अब पनि सोच्छन् कि सोच्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।

अरु जे भएपनि धुमुस सुन्तली मुलुकका लागी सम्पती र मूशहर बस्तीका लागी भगवान शरह साबित भएका छन् ।
फोसबुक, ट्वीटर लगायतका सामाजिक संजालहरुमा लोडसेडिगं मुक्त गरेर नेपालीहरुको हाई हाई कमाएका बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिगंपछि धुमुस सुन्तलीतिर मोडिएको छ । धुमुस सुन्तलीलाई आत्मादेखि नै सलाम गरेको बताएका छन् । मन्त्री, प्रधानमन्त्ती भएर फोटोमात्र टाँस्नेहरुका लागी सवक भएको उनीहरुको दाबी छ । धुमुस सुन्तली कुलमानपछि ३ करोड नेपालीहरुका बधाईका पात्र भएका छन् ।

 धुर्मुस सुन्तलीले निर्माण गरेर नयाँबर्ष २०७४ साल बैसाख १ गते भुकम्पपीडित मूशहर समुदायलाई हस्तान्तरण गरेको बस्ती ।