राजनीति

प्रधानमन्त्री दाहालले यसरी सपनामा पनि रुक्मागंगत कटुवाललाई देख्दारहेछन्

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तीन पति देख्ने त सम्झने बित्तिकै अत्तिने गरेको बताएका छन् । पशुपतिमा भारतीय पुजारी हटाएर नेपाली पुजारी डा. बिष्णु दाहाललाई नियुक्त गर्नु, सेनापति रुक्मागंत कट्वाललाई हटाएर जर्ने खड्कालाई स्थानीत गर्न खोज्नु र राष्ट्रपति रामबरण यादबका बिरुद्ध माओबादीले आन्दोलन नै शुरु गर्नुका कारणबाट आफुलाई राजनीतिक रुपमा ६ दिने आन्दोलन गर्नुपरेको र उक्त आन्दोलन सफल नभएको सम्झिदै प्रधानमन्त्री दाहाल तीनै पतिसंग आफू झस्किएको बताएका छन् ।

पुशुपतिमा सात दिन पुस्तक बिमोचन समारोहमा आतिथ्यता ग्रहण गर्न ृपस्थित भएका प्रधानमनत्ती दाहालले आफूले त्यसबेला अनुभब नभएक कारण केहि तरीका नपुर्याएको भएपनि समयसापेक्ष जनताले चाहेको नै गरेको बताएका छन् ।

बैसाख ३१ गते निर्बाचन घोषणा गरेर नयाँशीरातर्फ लम्किएको उनको राजनीतिलाई बिर्षदै प्रधानमन्त्री दाहाल बिगतको उक्त कदमप्रति केही असन्तुष्ट समेत रहेको अनुमान लगाउन सकिन्थ्यो । प्रधानमनत्री दाहालले उक्त असन्तुष्टी रहेकाको भन्दै ‘म पशुपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, राष्ट्रपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, सेनापतिको बारेमा कुरा गर्नपर्‍यो भने पनि झस्किन्छु ।तर, कुरा के प्रष्टै हो भने चाहे पशुपति, चाहे राष्ट्रपति चाहे सेनापति तीनटैमा मैले नेपाली जनताको भाबनालाई, नेपाल राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको थिएँ । हुनसक्छ मैले धेरै ढंग पुर्‍याउन सकिन होला अहिले फर्केर हेर्दा । तर मेरो पबित्र भावना थियो ।’ आफ्नो उक्त कदा पबित्र भावनामा केन्द्रीत रहेको स्पाष्ट पार्ने प्रयास गरेका थिए ।’

आफू दोस्रोपटक प्रधानमन्त्री हुंदा धेरै कुरा सिकेको र आफू अनुभबी प्रधानमन्त्री भएको दाबी समेत गर्न बाँकी राखेनन् । उनको भनाईबाट रुक्मागंत कटुवाल, पशुपतिका पुजारी र पूर्ब राष्ट्रपति डा.रामबरण यादबबाट सपनामा पनि तर्सने अनुमान लगाउन सकिन्छ ।