पर्यटन/संस्कृति

पर्यटन क्षेत्रले नेपालको उन्नती हुनसक्ने उपराष्ट्रपति पुनको तर्क

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताएका छन् छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

विकासका लागि सरकारको मात्र बाटो हेर्न नुहुने भन्दै पुनले निजी क्षेत्रले पनि पर्यटन क्षेत्रको विकासको लागि पहल गर्नुपर्ने बताए । राज्यले ध्यान पु¥याउन नसक्दा पनि विकासले गति लिन नसकेको स्वीकार्दै उपराष्ट्रपति पुनले अबको दश वर्षमा मुलुकको मुहार फेर्न सकिने विश्वास व्यक्त गरे ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले नेपालको सबै स्थान पर्यटन प्रवर्धनको हिसाबले उत्कृष्ट रहेकाले निजी क्षेत्रले लगानी गर्दा सरकारले पनि सहयोग र साथ दिनुपर्ने बताए ।

कार्यक्रममा शिखरपोस्ट मिडियाका प्रधान सम्पादक प्रकाश खालिङले पत्रकारिताको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितर्फ लान सकिने बताए ।

सोही कार्यक्रममा साउदीको जेलमा परेका रोल्पाका दिलबहादुर घर्तीमगरको उद्धारका लागि उहाँको परिवारलाई अनिश प्रतिष्ठानको तर्फबाट रु तीन लाख प्रदान गरेको छ । रासस