पर्यटन/संस्कृति

खस्कदै गएको पर्यटन क्षेत्र प्रवर्धनकालागी यस्तो महत्वपूर्ण छलफल

चितवन । देशकै तेस्रो पर्यटन गन्तव्य स्थलको रुपमा परिचित चितवनको पर्यटन मुग्लिङ्ग–नारायणगढ सडकको दुर्वास्थाको कारण चितवनको पर्यटन खस्किएको छ । पर्यटन खस्किदा व्यवसायीलाई पर्यटन चाप घटी दैनिक व्यवसाय चलाउन समेत कठिन भएको छ ।

चितवनमा केही दिन अघिदेखिनै पर्यटन प्रर्वद्धनका कार्यक्रम संचालन गरिएको छ । ३ दिन अघिमात्र पर्यटक आगमन बृद्धि गर्नको लागि नमस्कार सहितको अतिथिदेवो भव कार्यक्रम लाई समेत तिब्रता दिइएको छ । यस्तै पर्यटनको नयांँ गन्तव्यको रुपमा विकसित भएको पश्चिम चितवनको मेघौली मा पर्यटनको प्रर्वद्धन स्वरुप पर्यटन प्रर्वद्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न गरिएको छ ।

बिभिन्न सरोकारवालाहरु र पत्रकारबीच कसरी यस क्षेत्रको पर्यटनको बिकासमा फड्को मार्न सकिन्छ र यसका चुनौतीका बिषयमा छलफल र सुझाव संकलन गरिएको थियो । नयांं बर्षको आगमन संगै पर्यटन प्रर्वद्धन गर्न चितवन जिल्ला पर्यटन विकास समितिको अगुवाइमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा बोल्दै चितवन जिल्ला पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले आजको समयमा पर्यटकहरु जल र जंगल प्रति आर्कषित भएकोले वातावरणमैत्री होटल, रिसोर्टहरु संचालन गर्न व्यवसायीहरुले जोड दिनुपर्ने बताए । यसका लागि वातावरण संरक्षण, जैविक विविधताको संरक्षणको लागि सचेतना ल्याउनुपर्ने अध्यक्ष मैनालीले जोड दिए ।

चितवन जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी केशव प्रसाद सुवेदीले विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको प्रचार प्रसार गरी पर्यटक भित्रयाउन सकिने भन्दै सुवेदीले पर्यटनको शुरुवात २०२२ सालबाट पश्चिम चितवनबाट शुरु भएको स्पष्ट पारे। पर्यटनपनि आर्थिक समृद्धिको आधारशीला भएको कारण यसको विकासमा जोडदिनुपर्ने उनको भनाई छ ।

यस्तै चितवन पर्यटन विकास समितिका महासचिव एवं पर्यटनबिद विश्व सुवेदीले पश्चिम चितवनको पर्यटन क्षेत्र गैडा एवं बाघको लागि उत्कृष्ट बासस्थान रहेको उल्लेख गर्दै बाह्य पर्यटनको लागि पर्यटकको बसाई अवधि लम्व्याउन सबै व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिऐ ।
पश्चिम चितवन मेघौली क्षेत्रमा एउटा विमानास्थल, ३ ठुला होटल सहित २२ होटलहरु रहेका छन् । जसमा आरामदायी ४१८ बेड, १० वटा निजी हात्ती १५ वटा डुंगा र थारु संग्राहलय समेत रहेको छ । अन्तराष्ट्रिय स्तरको चौधरी ग्रुपको होटल सेराईपनि यही क्षेत्रमा पर्दछ । चितवनमा ४० पर्यटकीय गन्तव्यस्थल रहेका छन् ।