राजनीति

सर्बोच्चले आफू आईजीपी बन्नैपर्ने तर्कसहितको नवराज सिलवालको रिटमा यस्तो आदेश गर्यो

काठमाण्डौ । सोमबार सरकारले नियुक्त गरेका आईजीपी प्रकाश अर्याललाई जुनियर भएका कारण आईजीपी बनाउनुनुभन्दा आफू सिनियर भएको जनााउदै रिट निबेदन दिएका नवराज सिलवालको निबेदनको पक्षमा सर्बोच्च अदालतले फैसला नगरेका कारण अब आईजीपी भएर पुरा समय काम गर्ने अधिकार आईजीपी अर्याललाई भएको छ ।

सर्बोच्च अदालतका न्यायाधीष ईश्वरप्रसाद खतिवडाको एकल ईजलासले बुधबार नै प्ररम्भीक सुनुवाईमा आन्तरीम आदेश जारी गर्नुपर्ने कारण नभएको जनाएपछि आईजीपी नियुक्ती सदर भएको छ ।
सर्बोच्च अदालतले बिपक्षीका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ ।

लामो बिबाद भएका कारण सरकारले आईजीपी नियुक्त गर्न सकेको थिएन । बल्ल बल्ल नियुक्ती भएका आईजीपी जयबहादुर चन्दले सपथ लिनु भन्दा अगाडी नै तत्कलकालागी सपथ नलिनु भनेपछि उक्त पोष्टका कार्यबाहकका रुपमा दिनेशचन्द्र  पोख्रेललाई ल्याईएको थियो ।