आर्थिक

महासंघ अध्यक्षमा राणा, बरिष्ठ उपाध्यक्ष सहित झण्डै दुईतिहाई सदस्यमा गोल्छा समूहको शानदार जित

काठमाण्डौ । उद्योग वाण्ज्यि महासंघको आगामी कार्यकालका लागि भवानी राणा अध्यक्ष भएकी छन् । मंगलबारबाट महासंघको निर्बाचनको परिणाम पश्चात निबर्तमान अध्यक्ष पशुपति मुरारकाको कार्यकाल अन्त्य भएको छ । मंगलबार निर्बाचन मतगणनापछि बरिष्ठ उपाध्यक्षमा हुलास चन्द एण्ड गोल्छा अर्गनाईजेसनमा संलग्न उद्योगपति शेखर गोल्छा निर्बाचित भएका छन् । अध्यक्ष राणले समर्थन गरेका गोल्छा बरिष्ठ उपाध्यक्षमा निर्बाचित हुने पुर्बअनुमान बमोजिम उनी निर्बाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्ष नै स्वतः महासंघको अध्यक्ष हुने संसोधित बिधान बमोजिम श्रीमती भवानी राणा अध्यक्ष भएकी हुन् भने भवानी राणापछिको अध्यक्ष स्वतः शेखर गोल्छा हुने भएका छन् ।

निर्बाचनको मतपरिणाम घोषणा हुनुपूर्ब नै बरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले शेखर गोल्छालाई मालालगाएर बधाई दिएका थिए । महासंघमा बहुसंख्यक गोल्छापक्षले जित हाँशिल गरेको छ । अध्यक्ष राणले सबैलाई मिलाएर लाने प्रतिकृया दिएकी छिन, राणाले निजीक्षेत्रलाई अगाडी बढाउन लागी पर्ने खुलस्त गरेकी छिन् ।

एसोसएट उपाध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको पहिले नै निर्बिरोध निर्बाचित भईसकेका छन् ।

उद्योग वाणिज्य महासंघ निर्वाचन समिति लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षमा गोल्छाले जिल्लारनगरतर्फबाट ६१, वस्तुगतबाट ४७ र एसोसिएटबाट ५ सय ४ मत ल्याइ बिजयी भएका हुन् । गोल्छाका प्रत्यासी किशोर प्रधानले वस्तुगतबाट ५१, जिल्ला नगरतर्फबाट ४२ र एसोसिएटबाट १ सय २३ मत प्राप्त गरेका छन् ।
जम्मा जिल्लारनगरबाट १ सय ४, वस्तुगतबाट ९९ र एसोसिएटबाट ६ सय ३५ मत खसेको बताईएको छ ।

नबनिर्बाचित बरिष्ठ उपाध्यक्ष तथा भाबी अध्यक्ष शेखर गोल्छाले साथीहरुले तिाएर लगेको हुं उहाहरुको बिश्वास गुम्न नदिने, सबैलाई आर्थिक समृद्धिका लागी मिलाएर लाने प्रतिकृया दिएका छन् ।

जम्मा १ सय ४ मत मध्ये जिल्ला नगरमा उपाध्यक्षमा प्रमोद श्रेष्ठ ५५ मतले बिजयी भएका छन् । श्रेष्ठका प्रतिद्वन्दी दिनेश श्रेष्ठले ४८ मत ल्याएर पराजित भए । पुर्ब अनुमान बमोजिम वस्तुगततर्फको उपाध्यक्षमा अमेशलाल श्रेष्ठ ९९ मत मध्ये ४९ मत ल्याएर विजयी हाँंसिल गर्न सफल भएका छन् । अनुपबहादर मल्ल र शैकर पाण्डेले जम्मा ११ मतमात्र ल्याएर लज्जास्पद पराजय भए ।

जिल्ला–नगरमा निर्वाचित हुने सदस्यहरूमा उमेश डालमिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ (नेपालगन्ज), दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ (अर्घाखाँची) ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी, राजकुमार न्यौपाने, कल्याण जोशी विजयी भएका छन् । त्यसैगरी सुदर्शन कार्की  र देवकुमार श्रेष्ठले बराबरी मत ५७ ल्याएका थिए ।

वस्तुगत समूहतर्फको १४ सदस्यमध्ये गोल्छा समूहबाट अन्जन श्रेष्ठ, कमला श्रेष्ठ, आकाश अधिकारी, विनोद ढकाल, सन्दिप अग्रवाल र हेमराज ढकाल छन् । प्रधान समूहबाट शकुन्तला हिराचन, शिव घिमिरे र तिलचन्द्र भट्टराईले निर्वाचन जितेका छन् ।