आर्थिक

ब्रोइलर कुखुराको अभाबले गर्दा यसरी हुन्छन् अधिकांश मासु पसल बन्द !

चितवन । चितवनमा ब्रोइलर उत्पादनमा अत्याधिक गिरावट आई मासुको अभाव खड्किएको छ । गर्मी मौसम र विभिन्न रोगका कारण उत्पादन घटेको व्यवसायीहरुले बताउंँदै आएका छन् । अभावका कारण चितवनका अधिकांश मासु पसल समेत बन्द भएका छन् । जसको असर आम उपभोत्तामा परेको छ । एकातिर मासुको अभाव अर्को्तिर चर्को मुल्य तिर्नुपर्दा उपभोत्ताहरु दोहोरो मार खेपिरहेका छन।

केही दिन अघि मात्र २८० देखि ३०० सम्म प्रति के.जी मुल्य तिरिरहेका उपभोत्ताले हाल आएर प्रति के.जी. ३२० देखि ३५० तिर्न बाध्य छन। यस्तै अभाव ररिह्यो भने मुल्य अझै बढ्नसक्ने व्यवसायीहरुले बताएका छन् ।

सुलभ ह्याचरी का संचालक बिष्णु पौडेलका अनुसार अहिले मलेशियामा बर्डफ्लु फैलिएकाले प्यारेन्ट चल्ला आयात बन्द भएकोले चल्ला उत्पादनमा कमी आई मासुको अभाव देखिएको हो । यस अघि सो ह्याचरी प्रतिहप्ता बीस देखि पच्चीस हजार चल्ला उत्पादन गर्दै आएको छ ।

राष्ट्रिय पंक्षीरोग अन्बेषण प्रयोगशालाका सुचना अधिकारी डा. बिजय श्रेष्ठले हाल ब्रोइलरमा देखिएको कक्सीड, इकोलाई र सि.आर.डी जस्ता रोगहरुको संक्रमण नेपालभरी देखिएकोले उत्पादनमा नराम्रो असर परेको बताए।

एकातिर रोगको प्रकोप अर्को्तिर चल्ला उत्पादन कम भई मासुको उत्पादनमा समेत  ह्रास आएका कारण मुल्य बढेको बताउंँछन कुखुरा बजार व्यवस्थापान संघका कृष्णहरि लोहनी ‘अहिले चितवन जिल्लामा मात्र नभई देशभरिनै ब्रोइलरको अभाव छ उनले  भने ‘चितवनको करीब ७० प्रतिशत उत्पादन जिल्ला बाहिर जाने गरेकोमा हाल यहांँको उत्पादनले यहींलाई पुग्न सकेको छैन’। दैनिक २५ देखि ३० गाडी बो्रइलर चितवनमै माग हुदै आएकोमा हाल १५ गाडी ब्रोइलर माग पुर्याउन पनि मुश्किल रहेको लोहनीको भनाई छ । चितवन जिल्लामा कुल उत्पादनको ७० प्रतिशत हिस्सा ओगट्दै आएको थियो । यही अवस्था रहिर्यो भने मासुको मुल्य रु ४०० भन्दा बढी नाघ्ने उहांँको भनाई छ ।

अत्याधिक मागका कारण मुल्य बुद्धि भएपनि उपभोत्ताको हितलाई समेत ध्यानमा राखेर मार नपर्ने गरी छिटैनै मासुको मुल्य समायोजन गरिने उनले बताए। दुईमहिना अघिदेखिनै चल्लाको उत्पादन कम भएको र यसको असर अहिले आएर देखिएको बताउंँछन् कुखुरा बजार व्यवस्थापनका निर्वतमान अध्यक्ष भुवनलाल जोशी । यही मात्रामा अभाव रहिरहे   मुल्य बृद्धि  थप हुने उनले दोहोर्याए । खरीद मुल्य अनुसारनै बिक्री मुल्य निर्धारण हुने उनको भनाई छ ।
‘मासुको मुल्यपनि तरकारीको मुल्य जस्तै घटबढ भइरहन्छ उनले भने, तर उपभोत्ताको हितलाई पनि ध्यान राखी मुल्य समायोजन हुनु जरुरी छ’ ।

यस्तै सिनर्जी मासु पसलका संचालक सुमन श्रेष्ठको धारणा पनि उस्तै छ । उत्पादन त ह्वात्तै घटेको छ तर माग चाही बढेको छ उनले भने मासुको अभाव भएतापनि उनको मासु पसलमा कुखुराको मुल्य प्रति के.जी ३०० मा मात्र बिक्री भएको उनले बताए। यस अघि उनको बिक्री १ हजार देखि १२०० हुदै आएकोमा अहिले घटेर ३०० के.जी देखि ४०० क.जीमा झरेको छ । बोइलरको उत्पादनमा ह्रास आउनु, वजन कम हुनुमा अहिले प्यारेन्टमा देखिएको म्यारेक्स रोगका कारण मुत्युदर बढ्न गई अभाव भएको उनको दाबी छ । जसका कारण अण्डाको आकार र गुणस्तर कम भई चल्ला उत्पादन समेत कम हुने गर्दछ ।

हाल चितवन लगायत देशभरीनै स्थानीय निकायको निर्वाचन र बिशेष पर्वहरुले गर्दा मासुको माग अत्याधिक बढ्न गएको व्यवसायीहरुको धारणा छ । यही अवस्थाभने केहीसमय मात्र रहने उनीहरु बताउंँछन । चितवनमा मात्रै दैनिक ८ लाख देखि १० के.जी मासु उत्पादन हुदै आएकोमा अहिले उत्पादन घटेर आधा भएको छ।