पु.समाचार

भ्यानको ठक्करबाट मोटरसाइकल सवार एकजनाको मृत्य, एकजना गम्भिर घाइते

चितवन ।  पूर्बी  चितवनको रत्ननगरमा आज सांँझ ६ः३० बजे भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन। रत्ननगर १० खगेरी पुलमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको बा १० च ४६०० नम्बरको बोलेरो भ्यानले बिपरित दिशाबाट आउदै गरेको बा ८१ प ४०५६ नम्बरको मोटरसाइकल र ना ३८ प १२३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी बा ८१ प ४०५६ नम्बरको मोटरसाइकलमा चालक गड्यौली निवासी १७ वर्षीय प्रकाश रुवालीको घटनास्थलमा नै मृत्यु भएको र सोही मोटरसाइकल पछाडि सवार भरतपुर महानगरपालिका ४ बेलचोक बस्ने बर्ष १८ का सुनिल खुमाल गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक नारायण रन्जितकारले जानकारी दिनुभयो । दुर्घटनामा सो बालेरो भ्यानले अर्को ना.३८ प.१२३९ नम्बरको को मोटरसाइकलाई ठक्कर दिदा रत्नगर ७ बस्ने बर्ष २० को चालक जेनिस अधिकारी समेत घाइते भएका छन । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गभ्भीर घाइते खुमालको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने पिक अप भ्यान र मोटरसाइकलहरु ईलाका प्रहरी कार्यालय टाडीको नियन्त्रणमा रहेको छ । बोलेरो चालक फरार भएकोले खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ ।