राजनीति

वर्षौ हराएका एमालेका यी नेता एक्कासि गगन थापाको विरोध गर्दै काठमाण्डौमा देखिएपछि…!

काठमाण्डौ । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा काठमाण्डौ महानगरपालिकाको उम्मेद्वारको विषयमा पनि चर्को बहस भैरहेको छ । काठमाण्डौ महानगरपालिको उम्मेद्वारी दिने नेताहरुका विषयमा कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलहरुबाट विभिन्न व्यक्तिका नामहरु बहसमा आएको देखिन्छ ।  सोही क्रममा यसबेला कांग्रेसबाट स्वास्थ्यमन्त्री गगन थापा, एमालेबाट योगेश भट्टराई, केशव स्थापित र माओवादी केन्द्रबाट सर्वोत्तम डंगोल लगायतका नेताहरुको विषयमा बहस चलिरहेको छ ।

यसै प्रसंगमा पछिल्ला दिन काठमाण्डौ महानगरपालिकाको उम्मेद्वारीकै सवालमा एउटा अनौठो बहस सुरु भएको छ । त्यो बहस एमालेकै एक नेतामार्फत निकै चर्चाका रुपमा अघि आइरहेको छ । एमालेबाटै २०५४ सालमा काठमाण्डौ महानगरपालिका प्रमुखमा चुनाव जितेका केशव स्थापितले चर्काएका हुन् ।

उनले यसबेला काठमाण्डौ महानगरपालिकाको प्रमुखको उम्मेद्वारीमा आफुनै चुनाव लड्ने र त्यसका लागि आफुनै योग्य भएको बताउन थालेका छन् । त्यतिमात्र होइन स्थापितले काठमाण्डौमा कांग्रेस र एमालेका प्रभावशाली युवा नेताहरुभन्दा पनि आफुनै लोकप्रिय रहेको र उनीहरुलाई सजिलै हराउन सक्ने भन्दै दाबी गरिरहेका खबरहरु बाहिर आएका छन् ।

पछिल्ला दिन उनले केही सञ्चारमाध्यामहरु मार्फतनै कांग्रेसका तर्फबाट महानगर प्रमुखमा चर्चामा आएका युवा नेता गगन थापालाई समेत हराउन सक्ने क्षमता र खुबी आफुमा रहेको दाबी गरेका छन् । उनले गगन थापाको राजनीतिक गर्ने आन्तारिक रणनीति आफुलाई थाहा भएको र उनलाई हराउने सुत्र पनि आफुसँग भएको दावी गर्ने गरेका छन् ।

स्थापितले कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापाको बायोडाटानै आफुमा सुरक्षित रहेकोले उनलाई हराउनु नौलो नभएको बताउँदै आएका छन् तर उनले राजनीतिमा त्यसो गर्न नहुने बताउँदै आएका छन् ।

पछिल्लो समयमा एमालेको तर्फबाट महानगर प्रमुखमा उठ्ने नेताहरुमध्ये चर्चामा रहेका स्थापितले पार्टी नेतृत्वसँग छलफलनै नगरी आफ्नो प्रचारमा लागेका खबरहरु बाहिर आइरहेका छन् । यद्यपि,उनले आफ्नो पार्टी अध्यक्षसँग महानगर प्रमुखको उम्मेद्वारीका सवालमा पटक पटक छलफल भैरहेका बताउँदै आएका छन् । उनले पार्टी शीर्ष नेतृत्वसँग छलफल गर्दै आएको बताएपनि महानगर प्रमुखको उम्मेद्वारीका विषयमा पार्टी स्थायी कमिटी बैठकबाटै निर्णय हुनुपर्ने भन्दै एमालेका अन्य नेता कार्यकर्ताले चर्को आलोचना गर्न सुरु गरेका छन् ।

स्थापित बीचमा विभिन्न पार्टीहरुमा प्रवेश गर्दै पछिल्ला वर्ष फेरि एमालेमा फर्किएका नेता हुन् । वर्षौ वर्ष राजनीतिबाट हराएका यी नेता केही दिनयता काठमाण्डौ महानगर प्रमुख उठ्ने भन्दै गगन थापाकै नाम लिएर विरोधमा उत्रिएपछि एमाले भित्रका मात्र होइन, कांग्रेसका नेता कार्यकर्ता समेत चकित परेका छन् ।