राजनीति

एकाबिहानै नवनियुक्त आइजीपी प्रकाश अर्याललाई प्रचण्डले दिए कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले नव नियुक्त आइजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नव नियुक्त प्रहरी प्रमुख अर्याल प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि पुगेपछि प्रचण्डले सो निर्देशन दिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले आइजीपी अर्यालको कार्यकाल सफलताको कामना गर्दै देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत निर्देशन दिएका थिए ।

प्रधानमन्त्री दाहालले निर्वाचन सफल पार्न नेपाल प्रहरीको भुमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।