पु.समाचार

नवनियुक्त आइजीपी अर्याललाई यस्तो देखियो २९ नम्बरको संयोग !

काठमाडौं । दाङका प्रकाश अर्याल २०४४ चैत २९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा पास भए । संयोग प्रहरी संगठनमा प्रवेश गरेको ठ्याक्कै २९ बर्षमा उनी संगठनको २५ औं प्रहरी महानिरीक्षक बनेका छन् ।

मंगलबारको नागरिकमा लेखिएको छ, २९ को संयोगले नियुक्तिमा मात्रै उनलाई पच्छ्याएको छैन, प्रहरी नियमावलीमा कुनै संसोधन नभए २०७४ चैत २९ मा ३० बर्षे अवधिका कारण उनी सेवानिवृत्त हुनेछन् ।

२९ बर्षीय कार्यकालमा सिआइबी प्रमुख हुँदा बरामद भएको ३५ किलो सुनको सुराकी विषयमा विवादमा तानिएपनि पछि उनले सफाइ पाएका थिए ।