राजनीति

सुर्यबहादुर थापाका नाति धनकुटाबाट उम्मेद्वारी दिँदै

काठमाडौँ । राप्रपाले ५ वैशाखसम्म गाउँपालिकाका सबै पदमा उम्मेदवार बन्नेको नामावली यकिन गरिसक्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको मुख्य कार्य पार्टीको घोषणापत्र सार्वजनिकलगायतका काम पनि सोही मितिमै सक्ने तयारी पार्टीको छ ।

मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, यसैबीच, धनकुटाको धनकुटा नगरपालिकामा पूर्वप्रधानमन्त्री एवं राप्रपाका पूर्वअध्यक्ष स्व. सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापालाई राप्रपाले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पूर्वमन्त्रीसमेत रहेका पार्टी महामन्त्री सुनील थापाका छोरा सिद्धार्थलाई मेयरको टिकट दिने निर्णय पार्टीले गरिसकेकोको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।