राजनीति

आइजीपीमा यसरी बाजी मार्न सफल भए अर्याल, सरकारले बढुवामा मनपरी गर्ने संस्कारको भयो अन्त्य

काठमाण्डौ । लामो समयको आईजीपी नियुक्ती बिबादलाई अन्त्य गर्दै सोमबार रातीबाट आईजीपीमा डीआईजीपी प्रकाश अर्याल नियुक्त भएका छन् । सरकारले आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि आफू बरिष्ठ भएको बताउदै डीआईजीपी नवराज सिलवालले आफू आईजीपी हुनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै सर्बोच्च अदालतले २४ घण्टापनि नबित्दै जयबहादुर चन्दलाई आईजीपी बनाउने कार्य तत्काल रोक्न आदेश दिएको थियो भने आईजीपी नियुक्ती गर्दा पुनः कार्यक्षमता मूल्याँकन गरेर नियुक्ती गर्न आदेश दिएको थियो ।

सर्बोच्चले आदेश दिएको केहि दिनमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा गएका र उपप्रधानमन्त्री एबम् गृहमन्त्री बिमलेन्द्र निधि र अर्का उपप्रधान एबम् गृहमन्त्री कमल थापाबीचको बरियताक्रमको बिबादका कारण मन्त्री परिषद बैठक लामो समय बस्न नसकेका कारण सरकारले आईजीपी बिबाद टुगंयाउन सकेको थिएन ।

आईजीपीमा सरकारले जयबाहादुर चन्दलाई बनाएपछि सर्बोच्च अदालतमा परेको रिट र सुनुवाई हेरेपछि प्रकाश अर्याल सबैभन्दा सिनियर हुन् भन्ने समाचार बाहिर आएको थियो । उक्त समाचार आएपछि सुर्यखबर टिमले प्रकाश अर्याल नै आईजीपी हुन्छन् भन्ने अनुमान लगाएको थियो ।

सरकारका मुख्य सहयात्री तथा नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले कुनैपनि हालतमा डीआईजीपी जयबाहादुर चन्दलाई आईजीपी बनाउन लागेका थिए भने सर्बोच्चको फैसलापछि जयबाहादुर चन्द नबनेमा नवराज सिलवाल भने कुनैहालतमा नहुनुपर्ने बरु प्रकाश अर्याल भए ठीक हुने भन्ने संकेत आएको देखिएको थियो ।

सरकारले नियुक्त गरेका नबनियुक्त आईजीपीले मिलेसम्म सोमबार राती नै सपथ लिने, राती सम्भब नभए मंगलबार बिहान सपथ लिने गृहमन्त्रालय स्रोतको दाबी छ ।

अन्तिम अवस्थामा बोलचाल समेत बन्द गरेका डीआईजी जयबाहादुर चन्द र नवराज सिलवाल पनि अरु जो कोही भएपनि एकअर्को कुनैहालतमा बन्न बनाउन नदिने खेलमा सकृय भएको समाचार संचारमाद्यममा छाएको थियो । अन्ततः कार्यक्षमता मूल्याँकनमा अगाडी देखिएका प्रकाश अर्याल आईजीपीमा नियुक्ती हुनु प्रहरी आईजीपी निुयुक्ती परम्पराको राम्रो संकेत भएको बिश्लेशकहरुले भन्ने गरेका छन् ।

सरकारले गरेको आईजीपी नियुक्तीको बिषय चित्त नबुझेर जयबाहादु चन्द भने मंगलबार सर्बोच्च अदालतमा रिट दिन जाने सम्भाबना रहेको अनुमान लगाउन सकिन्छ ।