राजनीति

आईजीपी नियुक्तीका लागी मूल्याँकन समिति गठन, केहिबेरमा मुलुकले नया आईजीपी पाउने

काठमाण्डौ । मन्त्रीपरिषदको बैठक केहि समयका लागी स्थगन गरिएको छ । उक्त बैठकमा आईजीपी नियुक्तीका लागी आईजीपीका लागी दाबेदार डीआईजीपीहरुको कार्य सम्पादन नम्बर पेश गर्न कमिटि गठन गरिएको छ ।

कार्यसम्पादन समितिमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख दिनेशचन्द्र पोख्रेल रहेका छन् ।
कार्यसमितिको मूल्याँकनमा पहिलो हुने नै आईजीपी हुने छन् ।
आईजीपीका लागी जयबहादुर चन्द, प्रकाश अर्याल र नवराज सिलवाल मध्ये एक सिनयुक्त हुनेछन् । केहिबेरमा कार्यसम्पादन मूल्याँकन समितिले मूल्याँकन तयार गरेपछि सरकारले सर्बोच्च अदालतको आदेश बमोजीम आईजीपी नियुक्ती गर्ने अनुमान लगाईएको छ ।
आईजीपी नियुक्ती प्रकारणले राजनीतिक रुप लिएको महिनौ भएकोले पुष्पकमल दाहाल सरकारप्रति जनताको आक्रोस सडकमा छताछुल्ल भएको छ ।