समाचार

मधेसी मोर्चाका नेताले ६० बर्षीया श्रीमती र २१ बर्षीय बुहारीलाई यसरी लछारपछार गरेको एमाले नेताको आरोप

काठमाण्डौ । एमालेका एक नेताले मधेसी मोर्चा गथुण्डागर्दीमा उत्रिएको आरोप लगाएका छन् । नेकपा एमालेका सांसद समेत रहेका सत्य नारायण मण्डलले सोमबारको सांसद बैठकमा बिशेष समय लिएर बोल्दै आफ्नी ६० बर्षीया श्रीमती र २१ बर्षीय बुहारीलाइ लछार पछार गर्ने मधेसी मोर्चाको कार्य कस्तो हो, आफ्नो घरमा बस्न पाउने कि नपाउने भनी मोर्चासंग प्रश्न गरेका छन् ।

आक्रमक शैलीमा प्रश्तुत भएका मण्डलले मोर्चाले राजनीतिक रुपमा अडागी नबढे आफूहरु पनि कानुन हातमा लिन बाध्य हुने चेतावनी समेत दिएका छन् । उक्त कार्यक्रममा बोल्दै सुमन प्याकुरेललाई पनि मोर्चा कार्यकर्ताबाट दुब्र्यबाहार भएको मण्डलको उदाहरण थियो ।