समाचार

रविन्द्र मिश्रले फ्लाई दुबइको विमानभित्र नेपाली यात्रुसँग जोडिएको एउटा यस्तो अनौठो दृष्य देखेपछि…!

काठमाण्डौ । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले एक विदेशी एयरलायन्सको विमानमा यात्रा गरिरहेका यात्रुहरुमाथि आपतिजनक व्यवहार भएको भन्दै कडा निन्दा गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले काठमाण्डौबाट फ्लाई दुवईको विमानमा दुवई जान लागेको नेपालीहरुमाथि दुर्वव्यवहार भएको भन्दै आपत्ति जनाएको हो ।सो पार्टीले यस घटनाको सत्य तथ्य बुझेर कार्वाही प्रक्रिया अघि बढाउन समेत सरकारसँग माग गरेको छ ।

गत अप्रिल १ तारिखका दिन काठमाण्डौबाट दुवई जान लागेका नेपाली यात्रुहरुमाथि सो विमान सेवाका कर्मचारीहरुले गरेको विभेदपूर्ण व्यवहारबाट निकै दुखित भएको जनाउँदै साझा पार्टीका नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘गत २०१७ अप्रिल १ तारिख, शनिबारका दिन काठमाण्डौबाट फ्लाई दुबइको विमानमा जान लागेका नेपाली यात्रुप्रति उक्त विमान सेवाले देखाएको विभेदपूर्ण व्यवहारबाट हामी अत्यन्तै दुखी भएका छौ । नेपालमा उडान गर्ने विदेशी विमान सेवाबाट विगतमा पनि पटक–पटक यस्तो व्यवहार भएको हामीलाई जानकारी छ । अप्रिल १ तारिखमा भएको व्यवहारका बारेमा सत्य तथ्य पत्ता लगाई उक्त विमानसेवाले पीडित यात्रुलाई उचित क्षतिपूर्ति दिन र भविष्यमा त्यस्तो व्यवहार नगर्ने प्रतिशद्धता गराउन हामी नेपाल सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौ ।’