पु.समाचार

उद्योगमन्त्री जोशीले गरे नमुना काम !

काठमाडौं । केही दिनअघि सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीहरु सहमत भएका छन् । आइतबार उद्योगमन्त्री नविन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायीहरु सहमत भएका छन्।

सोमबारको नागरिकमा लेखिएको छ, उद्योगमन्त्रीले पूननिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले यो समयमा कम मुनाफा लिएर नागरिकलाई सहयोग गर्न आग्रह गरेपछि मूल्यमा पूनर्विचार गर्न तयार भएको मन्त्रालयले जनाएको छ ।

केही दिनअघिदेखि सबै कम्पनीका सिमेन्टको मूल्यमा प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म बढाएके खुद्रा व्यापारी बताउँछन् ।