पु.समाचार

प्रचण्डलाई थकाउन निधिले सुरु गरे यस्तो रणनीति

काठमाडौं । कमल थापालाई दास्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएका छन् ।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, प्रधानमन्त्रीपछिको वरियता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि पद नछाड्ने तर मन्त्रीपरिषद् बैठकमा सहभागी नहुने रणनीति अपनाउन लागेका हुन् ।
थापालाई दोस्रो वरीयता दिने प्रधानमन्त्रीको कदम स्वीकार नगर्ने निर्णयमा पुगेका निधिले थापा सहभागी हुने मन्त्रीपरिषद् बैठकमा भाग नलिन यस्तो योजना बनाएको स्रोतले बतायो ।