राजनीति

गृहमन्त्री निधिले प्रधानमन्त्री दाहाललाई कडा धम्की दिएपछि…!

काठमाडौं । उपप्रधानमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धम्की दिएपछि आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएको खुलासा भएको छ । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको वरियता विवादले झण्डै एक महिनादेखि बस्न नसकेको मन्त्रिपरिषदको बैठक आइतबारको लागि बोलाईएको भएपनि फेरि पनि उपप्रधानमन्त्रीवीचको मर्यादाक्रमको विवादका कारण स्थगित भएको हो ।

प्रधानमन्त्रीले आइतबार दिउँसो ३ बजेका लागि क्याविनेट बैठक बोलाएका थिए । आइतबारको बैठकमा आईजीपी नियुक्ती र संविधान संशोधन प्रस्तावबारे महत्वपूर्ण निर्णय हुने भनेर प्रधानमन्त्री दाहालले बताउँदै आएका थिए तर उनको यो घोषणा केही समय पनि टिक्न सकेन् ।

उपप्रधान एवम् गृहमन्त्री निधिले मर्यादाक्रममा आफूलाई नै दोस्रो वरियतामा राख्नको लागि प्रधानम्न्त्रीलाई चेतावनी दिएपछि प्रधानमन्त्री फेरि पनि अकर्मण्यतामा फसेका छन् । उनले यस्तो चेतावनी दिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आइतबार बस्ने भनेको बैठक स्थगित गरेर सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका छन् । तर सोमबारको बैठक पनि निश्चित नभएको प्रधानमन्त्री कार्यालय निकट श्रोतले जनाएको छ ।