राजनीति

अदालतले लोकतन्त्रलाई मजबुत बनाउदछ : माहामन्त्री कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका माहामन्त्री डा. शसांक कोईरालाले आफूले सधैं सर्बोच्च अदालतको सम्मान गर्ने बताएका छन् । शनिबार मात्र शसांक कोईरालाले सर्बोचच अदालतलाई संसदको मातहतमा राख्नुपर्छ भन्ने अभिब्यक्ती दिएको भनेर मिीडीयामा आएको तर्फ संकेत गर्दै बीपी कोइरालाका पुत्र समेत रहेका डा.कोईरालाले आफूलाई बच्चादेखि नै अदालतको सम्मान गर्नुपर्ने बिषयमा ज्ञान भएको खुलस्त पारेका छन् ।

उनले एक बिज्ञप्ती प्रकाशित गर्दै भने, “स्थापनाकाल देखि नै नेपाली कांग्रेसले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताका प्रति विश्वास राख्दै आएको सर्वविदितै छ । संसदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र मानव अधिकार जस्ता मूल्यका प्रति बाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रुपमा पनि अविचलित ढंगले प्रतिवद्ध रही आएको छु ।

अतः शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति म उत्तिकै सचेत रहेको छु । कार्यपालिकाको क्षेत्राधिकार बारे म जति सुस्पष्ट छु, उत्तिकै सम्मानीत न्यायालयको उच्चतम गरिमालाई कदर गर्नु पर्ने दायित्वका प्रति पनि संवेदनशील रहेको जानकारी गराउन चाहन्छु ।

अतः म बाट व्यक्त भएको र आगामी दिनमा हुने यस सम्बन्धी कुनै पनि टिप्पणी सम्मानीत न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर र लोकतन्त्रको मूल्य बमोजिम नै हुने सबैका लागि स्पष्ट गराउन चाहन्छु ।”