समाचार

नेपालबाट ३ दिनअघि पाकिस्तानी कर्णेल एक्कासि बेपत्ता भएपछि…..!

काठमाण्डौ । पाकिस्तानका एकजना अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल नेपालबाट बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघको जागिरको अन्तरवार्ताका क्रममा नेपाल आइपुगेका अवकाश प्राप्त कर्णेल मोहम्मद हविव जहिर नेपालको लुम्बिनीबाट बेपत्ता भएका हुन् । पूर्व लेफ्टिनेन्ट कर्णेल नेपालबाटै बेपत्ता भएपछि पाकिस्तान र भारतमा समेत हल्लीखल्ली मच्चिएको छ । पाकिस्तानबाट ओमान हुँदै नेपालको भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेका उनी एक्कासि बेपता भएको पाकिस्तानी सञ्चारमाध्याम द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

उनलाई यात्राको क्रममा ओमानमा जाभेद अन्सारी भन्ने व्यक्तिले नेपाली मोवाइल उपलव्ध गराएको अनुसन्धानबाट खुलेको जनाइएको छ । पाकिस्तानी विदेश मन्त्रालयले समेत यो घटनाको पुष्टि गरेको छ । पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता नफिस जाकरियाले घटनाको पुष्टि समेत गरेका छन् ।

अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल जाहिर ३ वर्षअघि अर्थात सन् २०१४ मा पाकिस्तानी सेनाबाट अवकास प्राप्त व्यक्ति हुन् । उनले आफुले अनलाईनमार्फत जागिरका लागि निवेदन दिएका थिए । त्यसलगत्तै मार्क थोमसोनको नामबाट काठमाण्डौमा अन्तरवार्ताका लागि बोलाइएको उनको पारिवारिक श्रोतलाई उदृत गर्दै पाकिस्तान र भारतीय मिडियाहरुले समाचार प्रसारण गरेका छन् ।

कर्णेल जाहिर अप्रिल ६ मा लुम्बिनी पुगेको र त्यसपछि सम्पर्कबिहिन भएको जनाइएको छ । काठमाण्डौबाट उनी बुद्ध एयरको जहाज हुँदै लुम्बिनी पुगेका थिए । उनले लुम्बिनी पुगे लगत्तै आफ्नी श्रीमतीलाई अन्तिम म्यासेज पठाएका थिए । त्यसयता उनी सम्पर्कमा नआएको पारिवारिक श्रोतलाई उदृत गर्दै भारत र पाकिस्तानका सञ्चारमाध्यामहरुले समाचार लेखेका छन् ।