पु.समाचार

महेशलालले यसबेला एक्कासि किन सम्झिए गिरिजालाई ?

काठमाण्डौ । २००७ सालमा प्रजातन्त्र आएपछि संघसंस्था खोल्न स्वतन्त्रता मिल्यो, व्यापारी पनि संगठित हुन थाले । भारतमा व्यापारी संगठित हुने क्रम सुरु भइसकेकै थियो । २००७ सालमा ‘वाणिक मण्डल’ खुल्यो । यो संघ २००९ सालमा अखिल नेपाल व्यापार संघ बन्यो । यही संस्था नेपाल चेम्बर अफ कमर्समा परिणत भयो ।

व्यापारी संगठिन हुने क्रम मुलुकभरि फैलियो, कतिपय जिल्लामा उद्योग वाणिज्य संघ खुले । २०२० सम्ममा विराटनगर, जनकपुर, बुटवल, पोखरा, भैरहवा, स्याङ्जा, राजविराज, पाल्पा, झापा, नारायणगढ, धरान, बागलुङमा उद्योग वाणिज्य संघ गठन भइसकेको थियो । आइतबारको अन्नपूर्णमा लेखिएको छ, देशभरका संस्थालाई समेटेर राष्ट्रिय स्तरको संस्थाको आवश्यकता देखियो । चेम्बरले २०२२ पुसमा काठमाडौंमा वाणिज्य तथा औद्योगिक सम्मेलन गर्योट ।

सम्मेलन महेन्द्रले उद्घाटन गरेका थिए । सोही सम्मेलनले राष्ट्रिय स्तरको संस्था नेपाल उद्योग वाणिज्य संघ जन्मायो । मुलुकमा व्यवसायीको जल्दोबल्दो छाता संस्था बनाउन महेन्द्रको पनि साथ रह्यो ।

चेम्बर अफ कमर्सका तत्कालीन अध्यक्ष लोकनाथ जोशीको अध्यक्षतामा तदर्थ समिति बन्यो । महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधानका अनुसार चेम्बरकै पहलमा उद्योग वाणिज्य संघ जन्मिएको हो । चेम्बरले देशभरका उद्योगी, व्यवसायी समेटिदिएको भए संघ गठनको कुरै आउँदैनथ्यो ।

यता संघ जन्मियो, तर सबै गतिविधि चेम्बरमै हुन्थ्यो । तदर्थ समितिका अध्यक्ष जोशी, सदस्य राजबहादुर चिपालु, जुद्धबहादुर श्रेष्ठ, पशुपति गिरी, इन्द्रभक्त श्रेष्ठलगायत चेम्बरमै हुनुहुन्थ्यो । संघको अफिस पनि थिएन, व्यापारीको जमघट गर्ने चेम्बरमै हुन्थ्यो । संघ जन्मिए पनि प्रभाव चेम्बरकै रह्यो । उहाँले नै २०२२ देखि २०२४ सालसम्म संघलाई नेतृत्व प्रदान गर्नुभयो । उहाँपछि जुद्धबहादुर श्रेष्ठ (२०२४ देखि २०२८) दुई कार्यकाल अध्यक्ष बन्नुभयो ।

महासंघको इतिहासमा पशुपति गिरी यस्तो भाग्यमानी अध्यक्ष हुनुभयो जसले चार कार्यकाल (१० वर्ष) नेतृत्व सम्हाल्ने मौका पाउनुभयो । उनी २०२८ देखि २०३२ सालसम्म र २०३८ देखि २०४४ सालसम्म दुईरदुई कार्यकाल लगातार अध्यक्ष बन्नुभएको थियो । महेशलाल प्रधानले पनि दुई कार्यकाल नेतृत्व गर्नुभयो । उहाँ २०४४ सालदेखि २०५० सालसम्म लगातार अध्यक्षको पदमा रहनुभयो ।

त्यसयता कसैले पनि कार्यकाल दोहोर्यायउन पाएको छैन् । विनोद चौधरी र चण्डीराज ढकालले कार्यकाल दोहोर्याएउने प्रयास गरे पनि सफल हुन सक्नुभएन । उहाँले दोस्रोचोटि चुनाव लड्दा आफ्नै कार्यकालका वरिष्ठ उपाध्यक्षसँग चुनाव हार्नुभयो । चौधरीले पद्य ज्योतिसँग र ढकाल कुशकुमार जोशीसँग चुनाव हार्नुभएको थियो ।

चेम्बरको प्रभाव बढी भएकाले सुरुमा संघले देशभरका उद्योग वाणिज्य संघ, वस्तुगत संघ र व्यापारिक प्रतिष्ठानलाई समेट्न सकेन । विस्तारै सबैलाई समेट्दै छाता संस्था उद्योग वाणिज्य संघनै हुन पुग्यो । राष्ट्रिय स्तरको संघ स्थापना भएपछि विभिन्न जिल्लारसहरमा संघ थपिँदै गए । उद्योगी व्यापारीको आवाज उठाउने साझा चौतारी बन्दै गयो ।

२०४५ सालमा आइपुग्दा ४६ जिल्लामा ४९ वटा संघ स्थापना भइसकेका थिए । अहिले महासंघमा (तत्कालीन संघ) ७५ जिल्लाका एक सय पाँच जिल्लारनगर उद्योग वाणिज्य संघ, ९९ वस्तुगत संघ, करिब आठ सय ५६ एसोसिएट सदस्य आवद्ध छन् । झण्डै पाँच लाख उद्योगी व्यवसायीको छाता संस्था बनेको छ, महासंघ । तत्कालीन अवस्थामा राष्ट्रिय स्तरको संघ स्थापना भएपछि राजा महेन्द्रलाई पनि नीति निर्माण र समस्या समधानमा मद्दत मिलेको थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि महासंघको भूमिका फैलियो । उदारीकरणसँगै निजी क्षेत्र फस्टाउने मौका पायो । नीति निर्माणमा महासंघसग सरसल्लाह गर्ने चलन सुरु भयो । दुई कार्यकाल उपाध्यक्ष बनेका महेशलाल प्रधान २०४४ सालमा अध्यक्षमा भिड्न कस्सिनु भएको थियो । उहाँ मणिहर्ष ज्योतिसँग अध्यक्षका लागि भिड्दै हुनुहुन्थ्यो ।

जागिरे परिवारमा जन्मिएका, विभिन्न संघ संगठनमा चुनाव लडिसकेका, पञ्चायतकालमा पुलिसको लाठीरमुंग्रा खाएर खारिएका प्रधानले चुनाव लड्न युवाको साथ लिनुभयो । त्यतिबेला ‘युवा भर्सेस पाको’ को चुनावी अभियान सुरु भयो । महेशलाललाई विनोद चौधरी, विजय शाह, गोपाल श्रेष्ठ, किशोर श्रेष्ठलगायत युवाको साथ थियो ।

मणिहर्षलाई गोल्छा, दुगडजस्ता ठूला घरानाको साथ थियो । अन्तमा मणीहर्ष चुनाव लड्नु भएन । महेशलाल निर्विरोध बन्नुभयो । लक्ष्मीदास मानन्धरलाई हराएर महेशलाल दोस्रो कार्याकालको लागि अध्यक्ष हुनुभयो ।

उत्पत्तीको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) वितरणको काम २०१६/०१७ सालदेखि नै चेम्बरले गर्दै आएको थियो । महासंघ ४६ जिल्लामा फैलिँदासमेत यसको हकदार बन्न सकेको थिएन ।

महेशलाल प्रधानले आफ्नो कार्यकालमा चेम्बरका तत्कालीन अध्यक्ष बनवरीलालसँग जुधेर उत्पत्तिको प्रमाणपत्र वितरण गर्ने अधिकार महासंघलाई दिलाउन सफल भएका थिए । चेम्बरमा हुँदा केन्द्रबाट मात्र प्रमाणपत्र वितरण हुन्थ्यो, महासंघले सारा जिल्ला उद्योग वाणिज्य महासंघलाई अधिकार दियो । ‘यस कार्यले महासंघ पनि अर्थिक रूपमा सबल बन्दै गयो, जिल्ला संघ पनि सबल बने’ महेशलाल सुनाउनुहुन्छ ।

२०४६ सालसम्म सरकारी नीति निर्माणमा महासंघको सहभागीता हुँदैनथ्यो । देशभर सबैभन्दा बलियो नेटवर्क भएको महासंघको उपस्थिति कमजोर थियो । २०४५ सालमा भारतले नाकाबन्दी गरेको थियो । आपूर्ति ठप्प भएपछि राजा वीरेन्द्रले एउटा उच्चस्तरीय बैठक बोलाउनुभयो । महेशलालका अनुसार महासंघका तर्फबाट उहाँले दरिलोरप्रष्ट विचार व्यक्त गनुभयो । राजाको ध्यान खिचियो, आफू हिरोजस्तै भएको उनी सम्झन्छन् । राजाले हरेक गतिविधिमा महासंघको प्रतिनिधित्व गराउने हुकुम भयो ।

नेपाल एयरलाइन्समा डाइरेक्टर हुन पाउने, राष्ट्र बैंकमा जान पाउने, एनआईडीसी र वाणिज्य बैंकमा प्रतिनिधित्व राख्ने, योजना आयोगमा जान पाउने, ट्यारिफ बोर्डमा महासंघको प्रतिनिधि राख्ने व्यवस्था भएको महेशलाल बताउनुहुन्छ । महासंघ बलियो हुँदै गयो, नीति निर्माणमा महासंघको धारणा खोज्न थालियो, महासंघ सरकारको अपोजिसनजस्तै भैदियो । महासंघको साधारणसभामा प्रधानमन्त्री, सचिव, राजदूत आउन थाले ।

‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, मैले भाषण गरेपछि उहाँले सभामै हात उठाएर सभापतिले यसो भन्नुभयो सचिवज्यू भन्दै समस्या समाधान गर्न निर्देशन दिनुभयो’, महेशलाल सम्झनुहुन्छ । यसले महासंघको आकर्षण बढाएको र संस्था बलियो बन्दै गएको उहाँ बताउनुहुन्छ । उहाँलाई विनोद चौधरी, पद्य ज्योति लगायतका क्रियाशील युवाको पनि साथ रह्यो ।

महासंघमा ठूला घरानाले पद बाँडफाँड गर्थे । नयाँ अनुहारको प्रवेशमा सकस थियो । विनोद चौधरी स्वयम महासंघमा स्थापित हुनुहुन्छ ठूला घरानासँग संघर्ष गर्नुपरेको आत्मकथामा उल्लेख छ । उनी ठूला घरानाको निर्देशन अटेर गरी महासंघको कार्यकारिणी सदस्य, प्रथम उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको थियो ।

उहाँको कार्यकालमा धेरै सुधारका कामहरु गरेको जानकार बताउँछन् । हरेक नीति निर्माणमा महासंघको प्रतिनिधित्व सुनिश्चित गराउन उहाँले पहल गरेको बताइन्छ । उहाँ महासंघको प्रथम उपाध्यक्ष (२०४७-२०५०) हुँदा राज्यले धमाधम नीति निर्माण गरिरहेको थियो । सिंहदरबारसम्म महासंघको आवाज बुलन्द बनाउन उनको भूमिका रहेको छ । प्रदीपकुमार श्रेष्ठको कार्यकाल (२०५६-२०५८) मा सरकारी स्तरबाटै उद्योग वाणिज्य दिवस मनाउन सुरु भयो । उद्योग वाणिज्य दिवस सरकारी पात्रोमै उल्लेख हुन्छ । यो काम पनि महासंघको इतिहासमा महत्ववपूर्ण मानिएको छ।

विनोद चौधरी २०५० सालमा अध्यक्षमा निर्विरोध हुनुभयो । अध्यक्षका प्रत्यासी हुलासचन्द गोल्छा अस्वस्थ भई उपचारका लागि अमेरिका गएपछि चुनावी मैदानमा उहाँ एक्लै हुनुभयो । पद्य ज्योतिसँग चुनाव हारेपछि चौधरी महासंघको राजनीतिबाट अलग्गिए । २०५९ सालमा नेपाल उद्योग परिसंघ गठन गरी व्यापारीको राजनीतिमा सक्रिय भए । महेशलाल चौधरीलाई दोस्रो कार्यकालका लागि निर्वाचित नगराएकोमा पछुतो मान्नुहुन्छ । ‘चौधरीलाई कार्यकाल दोहोर्यााउन दिएको भए यति चाँडै नयाँ संघ खुल्ने थिएन, महासंघ झन बलियो हुन्थ्यो’ महेशलाल सुनाउनु हुन्छ ।

महासंघको चुनावमा जातीय रंग देखिने गरेको आरोप छ । विनोद चौधरीको आत्मकथामा जातीय र राजनीतिक विभाजन देखिएको उल्लेख छ । उहाँले जिल्लाबाट आउने प्रतिनिधिको मतसमेत किनबेच आरोप लगाउनु भएको छ । महासंघको चुनावमा धैरै पैसा खर्च गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । व्यापार व्यवसायमा नेवार र मारबाडी समुदाय अगाडि छ । महासंघमा पनि नेवार भर्सेस मारबाडीको लडाइँ पटकपटक देखिन्छ । ठूला व्यवसायमा मारवाडी समुदायको पकड भएपनि संख्यात्मक उपस्थिति नेवारको बढी छ ।

मुलुकमा गणतन्त्र आएपछि धेरै स्वतन्त्र भयो । बढी स्वतन्त्र भएपछि मुलुकमा भाँडभैलो सुरु भएको महेशलाल भन्नुहुन्छ । ‘कन्ट्रोल गर्ने मेकानिजम नभएपछि सबै निस्फिक्री भए । राजनीतिमा जसरी गोलमाल भयो, महासंघमा पनि त्यसैगरी गोलमाल भैदियो’, उहाँ भन्नुहुन्छ, ‘व्यवसायीमा बिचलन आयो, लिडरसीपलाई मान्न छाडियो, व्यवसायी पनि नेताजस्तै भइदिए, आज भनेको कुरा भोलि भनेको होइन भन्ने ।’ महासंघमा राजनीति हाबी भएको पनि यही समयदेखि हो ।

पशुपति मुरारकाको पालामा महासंघको विधान संशोधन भयो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान राखियो । यो व्यवस्थाले भवानी राणा पहिलो पटक स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षभन्दा तलको पदमा निर्वाचन गरेमा गुटबन्दी कम हुने र निर्वाचनको रस्साकस्सी पनि कम हुने आंकलन गरिएको थियो । तर, अनुमान विपरित वरिष्ठ उपाध्यक्षमा पनि अध्यक्षमा जस्तै रस्साकस्सी भइरहेको देखिन्छ ।