पु.समाचार

पूर्वराजकुमारी प्रेरणा सिंह अस्पताल भर्ना

काठमाडौं । पूर्वराजकुमारी प्रेरणा सिंहलाई स्ट्रोक (पक्षघात) भएपछि शुक्रबार बिहान १० बजे थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको छ । ३९ बर्षीया प्रेरणाको मस्तिष्कमा रगत जमेको र चिकित्सकहरुले दिएको औषधिले उनको स्वास्थ्यस्थितिमा विस्तारै सुधार आइरहेको स्रोतले जनाएको छ ।

आइतबारको कान्तिपुरमा लेखिए अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह प्रेरणालाई भेट्न शनिबार बिहान र बेलुका अस्पताल पुगेका थिए ।
प्रेरणाको अवस्थाबारे अस्पतालले आधिकारीक रुपमा केही बताएको छैन ।