राजनीति

एमाले काठमाण्डौको विवाद उत्कर्षमा

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ । नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन ।

आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद चुलिएको छ ।

पार्टीको विधानअनुसार तीन–तीन बर्षमा हुनुपर्ने जिल्ला अधिवेशन विवादको कारण सात बर्ष बितिसक्दा पनि हुन सकेको छैन ।