मनोरञ्जन

यी हुन विश्वका पाँच आकर्षक महिला, जसले यसरी विश्वलाई आकर्षित गर्न सफल भए

एजेन्सी । बिश्वचर्चित पप गायिका बियोंसे बिश्वकै आकर्षक महिलाको लिष्टमा पहिलो नम्मरमा परेकी छिन् । buzznet ले गरेको एक सर्बेको नतिजाले उनलाई बिश्वकै आकर्षक महिलाको उपाधि दिईएको छ । उक्त सर्बेमा दोस्रो स्थानमा बलिउड नायिका प्रियंका चोपड़ा परेकी छिन् । अमेरिकन टीवी शो क्वांटिकोको सफलतासँगै उनी चलचित्र बेवॉच मार्फत हलिउडमा डेब्यु गर्दैछिन् ।

बिश्वकै दोस्रो आकर्षक महिलाको उपाधि पाएसँगै उनले ट्वीटमार्फत खुशी व्यक्त गरेकी छिन् । बियोंसे र प्रियंकापछि तेस्रो नम्बरमा मोडल ट्रेलर हिलमा परेकी छिन् । अभिनेत्री एमा वॉटसन र पाँचौ नम्मरमा डकोटा जॉनसन रहेकी छिन् । पटक-पटक बिश्वकै आकर्षक महिलाको उपाधि जितेकी अभिनेत्री एंजलिना जोली यसपटक आठौं नम्बरमा परेकी छिन् ।

उनीहरु प्राय सबै मोडलिङ र सिने क्षेत्रका महिला हुन्, जसले विश्वलाई आफ्नो सुन्दरता प्रदर्शन गर्न सफल भएका छन् । उनीहरुको सुन्दरताभित्रको भित्री राज आकर्षक शारीरिक संरचनाका अतिरिक्त नियमित स्वास्थ्य हेरचाह, नियमित र जीवनप्रति हेर्ने सकारात्मक सोच र उत्साहलाई लिइएको छ ।