पु.समाचार

आइजिपी नियुक्ति सम्बन्धमा सत्तारुढ दलहरुबीच महत्वपूर्ण सहमति, हुने भो कसैले नसोचेको निर्णय !

काठमाडौं । डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको छ । सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो ।

स्रोतका अनुसार आइजिपी चयनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा र कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालको नाममा सहमति बनेको हो ।

शनिबारको नागरिकमा लेखिएको छ, वरियातामा हिलो नम्बरमा रहेका नवराज सिलवालको पक्षमा सबै सकारात्मक भए पनि कार्यसम्पादन मूल्याङकनमा अर्याल अघि रहेकाले उनको नाममा सहमति भएको छलफलबारे जानकार स्रोतले बताएको छ ।