पु.समाचार

तिलोत्तमा नगरपालिकामा यसरी भयो मोटरसाइकल दुर्घटनाबाट पैदलयात्रुको मृत्यु

भैरहवा । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ७ सुनेनापथमा गत चैत १७ गते साँझ ६ बजे मंगलापुरबाट जाँदै गरेको लु.७.प ७८६४ नं.को मोटरसाइकलले एक पैदल यात्रुलाई ठक्कर दिएको छ ।

मोटरसाइकलको दुर्घटना हुँदा सवारी चालक र पैदल यात्रु घाइते भएका छन् । घाइतेहरुलाई अहिले क्रिमिसन अस्पतालमा उपचारक्रममा राखिएको छ ।
प्रहरीले दुर्घटनाको छानविन अनुसन्धान गर्दा दुर्घटनामा घाइते हुनेहरुमा क्रममा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका ९ का १६ वर्षीय दुर्गा केसी र पैदल यात्रु तिलोत्तमा ७ सुनेनापथका ७५ वर्षीय गुरुप्रसाद आले रहेका छन् ।

दुर्घटनास्थलमा तत्कालै बुटवलका प्रहरी निरीक्षक एवं अनुसन्धान भिमलाल भट्टराई पुगेका छन् ।  प्रहरीले दुर्घटनाको स्केच बनाउनतर्फ लागेका छन् भने निरीक्षक भट्टराईले प्रत्यक्षदर्शीहरुसँग केही सोधपुछ गर्नतिर लागे । प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मंगलापुरमा राखेको छ ।

रुपन्देहीका प्रहरीका अनुसार क्रिमिशन अस्पतालमा उपचारको क्रममा आलेको मृत्यु भएको जानकारी दिएको छ । प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले घटनाको अनुसन्धान नै नगरी बाग्लुङ्ग जिल्ला, देवीस्थान ९ का मिथुन भण्डारीले चलाएको र उक्त दुर्घटना भएको निष्कर्ष निकाली भण्डारी उपर सवारी ज्यान मुद्दा चलाउन लगाएका छन् ।

जिल्ला अदालत रुपन्देहीबाट सो मुद्दाको लागि ७ दिन म्याद थप गरेको भन्दै डिएसपी मरासिनीले जानकारी दिए । चालकले अनुमतिपत्र बिना र हेलमेठ नलगाई लापरबाहीढंगले मोटरसाइकल चलाउँदा उक्त दुर्घटना हुन पुगेको इलाका प्रहरी कार्यालय बुटवलले सडक दुर्घटना भएको भन्दै उक्त घटनाको बारेमा तयार गरिएको स्केच समाचार स्रोतले फेला पारेको छ ।

उक्त घटनालाई ढाकछोप गर्नका लागि पिडक र प्रहरीबचि घुस लेनदेनका कारण प्रहरीले चालकलाई दुईदिनसम्म पक्राउ गरेको थिएन ।  उक्त सवारी दुर्घटनामा डिएसपी मरासिनीले एकजना उपर मुद्दा चलाउने गरेपनि यस घटनामा दुई जना उपर सवारी ज्यान मुद्दा चलाइएको बताए ।
डिएसपी विष्टले अवधेश विष्टले दुर्घटना भएको भोलिपल्ट चैत १८ गते नै दुर्घटनाको स्केच र सडक दुर्घटना प्रतिवेदन इलाका प्रहरीलाई बुझाएको समाचार प्राप्त भएको छ ।