राजनीति

कमल थापाभन्दा विमलेन्द्र निधि यसकारण बरियताक्रममा सयौ गुणा अघि छन्, यस्तो छ लाखौं नेपालीलाई स्तब्ध पारिदिने उनको पृष्ठभूमि !

काठमाण्डौ । यसबेला मुलुक सञ्चालनको महत्वपूर्ण जिम्मेवारी लिएको सरकारनै आफ्नै किसिमका विविध समस्याहरुका कारण अकर्मन्यतामा फसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफै वरिपरिको नेतृत्वलाई मिलाउन सकेका छैनन् । यति सम्मकि आफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषदका २ जना उपप्रधानमन्त्रीको वरियताक्रम मिलाउन नसक्दा मुलुककै बेइज्जत हुने स्थितिमा पुगेको छ । बिहीबारदेखि फेरि अर्को बहस सुरु भएको छ । प्रधानमन्त्रीले दुई उपप्रधानमन्त्री मध्ये कमल थापालाई काखी च्यापेका छन्, विमलेन्द्र निधिमाथि अन्याय गरिएको छ ।

वरियताक्रम मिलाउन नसकेर मुलुकलाई विना नेतृत्व छाडेर प्रधानमन्त्री दाहालले केही दिनअघि साताव्यापी चीन भ्रमण सकेर फर्किए । चीन भ्रमणबाट फर्किदा त्रिभुवन विमानस्थलमै उपप्रधानमन्त्रीहरुको मर्यादाक्रमको विवाद थप छताछुल्ल भयो । सोही विवादका कारण चैत ३ गतदेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन । बिहीबार डाकिएको मन्त्रिपरिषद बैठक पनि यही कारण स्थगित भएको छ ।

खास के हो यसभित्रको रहस्य ? कांग्रेसको तर्फबाट सरकारमा सहभागी गृहमन्त्री निधि र राप्रपाको तर्फबाट सरकारमा सहभागी थापा को सिनियर ? यो विषयमा दुवै पक्षले आ–आफ्नै दाबी गरिरहेका बेला प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री कमल थापालाई आफु पछिको दोश्रो वरियतामा राख्ने संकेत दिएको खबर बाहिर आएको छ । यद्यपि, यसको पुष्टि भने भैसकेको छैन । प्रधानमन्त्री दाहालले पार्टी बैठकमा यो बारेमा कुरा राखेको समेत बताइएको छ । पछिल्लो राजनीतिक स्वार्थमा जोडिएर दुवै पक्षले आ–आफैलाई सिनियर दाबी गर्दै आएपनि निधि र थापाको व्यक्तिगत, पारिवारिक र राजनीतिक पृष्ठभूमी के हो ? उनीहरु दुवै पक्षले गरेका दाबीले को माथि अन्याय हुँदैछ ? लोकतान्त्रिक आन्दोलन र त्यसमा जीवन व्यतित गरेका संघर्षशील योद्धाहरुको इतिहास अध्ययन गर्दा कमल थापाभन्दा विमलेन्द्र निधि सयौ गुणा अघि छन् र उनीमाथि अन्याय भएको जानकारहरु बताउँछन् ।

 यो विषयमा हामीले एउटा नयाँ तथ्यलाई प्रस्तुत गरेका छौ । कांग्रेस निकट स्थापित पत्रकार विन्दुकान्त घिमिरेले आफ्नो फेसबुक स्टाटस्मार्फत निधि र थापाको बाल्यकालदेखि उपप्रधानमन्त्रीको तहसम्म आइपुग्दाको संक्षिप्त रहस्य खुलासा गरिदिएका छन् । त्यसैले यो विषयमा को सिनियर हो, प्रस्तुत रिपोर्टले नै बताउँछ ।

निधि र थापा को सिनियर ?

उमेरको हिसावले निधि र थापा करिव-करिव समकालिन हुन् । पारिवारिक पृष्ठभूमी पनि दुवैको उच्च मध्यम बर्ग नै हो । दुवै जना राजनीतिमा संलग्न हुनुको मुख्य कारण पनि पारिवारिक पृष्ठभूमी नै रहेको देखिन्छ । फरक के हो भने निधि राजनीतिक संस्कारमा हुर्किए, कमल थापा सेनाको व्यारेकमा हुर्किए । २०१६ सालमा महेन्द्रनारायण निधि प्रतिनिधिसभाको उपसभामुख थिए भने कमल थापाका बाबु क्षेत्रबहादुर नेपाली सेनाका क्याप्टेन थिए । २०१७ सालमा राजाले प्रजातन्त्र अपहरण गरेपछि निधिको परिवार प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमियो भने कमल थापाको परिवार प्रजातान्त्रिक आन्दोलन दबाउने अभियानमा सामेल भयो ।

विमलेन्द्र निधिको बालमस्तिस्कमा प्रजातन्त्र नै सबै थोक हो भन्ने छाप पर्यो, कमल थापाको बाल मस्तिस्कमा निरंकुशता नै सबै थोक हो भन्ने छाप पर्यो । २०१८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन हुँदा निधि परिवारको खाने बस्ने ठेगान भएन तर कमल थापाका बाबु क्षेत्रबहादुर थापा आफ्नो परिवारलाई हेटौंडा स्थिति सैनिक ब्यारेकमा सुरक्षित राखेर चितवन खटिए ।

त्यतिबेला सेनाको मेजर भइसकेका क्षेत्रबहादुरले नेपाली कांग्रेसको आन्दोलन दवाउन ठूलो सफलता प्राप्त गरे । जगतप्रकाश जंग शाह, शमशेरबहादुर घिमिरेलगायत नेपाली कांग्रेसका ११ जना नेताहरुलाई चितवनको दियालो बंगला नजिक एक चिहान बनाउन सफल भएका मेजर क्षेत्रबहादुर बढुवा भएर कर्णेल बने । त्यही पुरस्कार बापत दरबारले कमल थापालाई राजनीतिमा स्थापित गराएको हो । निधि नेवि संघको राजनीतिमा लाग्ने क्रममा १४ वर्षको उमेरमै जेल परे ।

कमल थापा पञ्चायती व्यवस्था समर्थक राष्ट्रवादी विद्यार्थी मण्डलको राजनीतिमा लागेका कारण उनले दुख पाउनु परेन । निधि नेवि संघको अध्यक्ष बन्दा कमल थापा पनि पन्चायती व्यवस्था समर्थक राष्ट्रवादी विद्यार्थी मण्डलको अध्यक्ष भइसकेका थिए । त्यतिवेला नेवि संघका नेता कार्यकर्ताहरुलाई संघातिक आक्रमण गर्न स्वतन्त्र विद्यार्थी मण्डलले सेना र प्रहरीको सहयोगमा खेलेको भूमिका इतिहासको पानाबाट कहिल्यै मेटिँदैन ।

पञ्चायतकालमा नेवि संघको अध्यक्ष हुँदा त निधिले कमल थापा तथा मण्डले प्रवृत्ति विरुद्ध लडाँइ लडेकै थिए । यतिबेला गणतन्त्र आइसक्दा समेत त्यही पात्र तथा प्रवृत्तिको लडाइँमा निधिको समय खेर गएको छ । वर्तमान व्यवस्थालाई ध्वस्त पार्ने कमल थापाको घोषित नीति नै हो । यो प्रवृत्ति विरुद्ध सिंगो कांग्रेस लड्ने कि निधिलाई खुच्चिङ् भन्दै बस्ने ? नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता माथिको यक्ष प्रश्न हो यो ।